काठमाडौं, १४ माघ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधनका लागि सरकारलाई एक महिने अल्टिमेटम दिएको छ ।
मोर्चामा आबद्ध दलहरुको आज बसेको बैठकमा माघ महिनाभित्र संविधान संशोधन गर्नका लागि सरकारलाई समय दिने सहमति भएको नेता केशव झाले जानकारी दिए । ‘माघ महिनाभित्र संशोधन हुनुपर्छ भन्नेमा सबै एकमत छौं,’ उनले भने- ‘नभए फागुनबाट आन्दोलनमा जाने कुरा आएको छ, भोलि बस्ने बैठकले निर्णय लिन्छ ।’
बैठकले संविधान संशोधनका लागि सरकारलाई अल्टिमेटमसहित दबाब दिने सहमति पनि गरेको छ । यसैगरी सरकार गठनका बेला भएको तीनबुँदे सहमति कार्यान्वयनका लागि दबाब दिने र त्यसका लागि देशभर एक दिने दबाबमूलक कार्यक्रम गर्ने प्रस्ताव आएको नेता झाले बताए ।
मधेस मुद्दाबारे निर्णय लिन मोर्चाको अर्काे बैठक भोलि विहान ११ बजे पुन बस्नेछ ।
प्रतिक्रिया