कालीकोटमा भारी हिमपात, जनजीवन प्रभावित
इनेप्लिज
२०७३ माघ १४ गते ९:५० मा प्रकाशित
कालीकोट, १४ माघ । कालीकोट जिल्लामा वर्षासँगै भएको हिमपातले जनजीवन प्रभावित भएको छ । आज बिहानबाट आएको वर्षासँगै हिमपातले जिल्लाका माथिल्लो क्षेत्र धोलागोह, खिन, फोइमहादेव, ओदानकु, रुप्सा, जुविथा, चिल्खाया, छाप्रे,पाङ्खा र सदरमुकाम मान्मालगायतका गाविसमा भारी हिमपात भएपछि जनजीवन प्रभावित भएका छन् ।
बिहानैदेखि कालीकोट जिल्लालगायत कर्णालीका जुम्ला, मुगु, हुम्ला र डोल्पा जिल्लामा भारी हिमपात भइरहेको छ ।
हिमपातसँगै आएको वर्षाले कृषकमा खुसी ल्याएको छ । स्थानीय कृषकले लगाएको गहुँ तथा जौ बालीलाई बर्षाले राम्रो गर्ने हुँदा कृषकलाई राहत भएको छ ।
अमेरिकाले युक्रेन राजधानी कीभमा दूतावास पुन: खोल्यो
बाइडेनद्वारा अमेरिकामा शिशुका आहार अभावलाई सम्बोधन गर्न रक्षा उत्पादन ऐन आह्वान
‘मेरो डान्स कप युएसएको’ चौथो संस्करण र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदै
“कुन्ती मोक्तान साँझ “ को मिती परिबर्तन गरिएको बारे
अमेरिकी महिला भकुण्डो टोलीलाई पुरुष टोली सरह तलव दिने
प्रतिक्रिया