शुक्रबार, असार ४ २०७८
काठमाडौं १७:४३
वासिङटन डिसी 07:58

राष्ट्रपति ट्रम्पले मेक्सिको सीमा पर्खाल बनाउन दिए कार्यकारी आदेश

इनेप्लिज २०७३ माघ १३ गते १:२६ मा प्रकाशित

राष्ट्रपती डोनाल्ड ट्रम्पले सपथ ग्रहण लिए पछि चुनाव अभियानमा लिएर हिडेका मुख्य कार्यसूचीलाई धमाधम एक पछि अर्को गर्दै कार्यकारी आदेश जारी गरेका छन् l यसै क्रममा राष्ट्रपति ट्रम्पले सबै भन्दा चर्को रुपमा उठाएको मेक्सिको को पर्खाल निर्माण गर्ने बिषयमा आज बुधबार जनवरी २५ तारिख कार्यकारी आज्ञा दिदै हस्ताक्षर गरेका छन् l

राष्ट्रपती डोनाल्ड ट्रम्पले होमल्याण्ड सेक्युरिटी विभाग वाशिंगटन डिसीमा कर्मचारीलाई सम्बोधन गर्दै अब पुन: सयुक्त राज्य अमेरिका सीमा नियन्त्रणमा फर्केको बताए l

उनले तुरुन्तै पर्खाल मेक्सिको को दक्षिणमा बनाउने बताए l स्मरण रहोस कार्यकारी आदेश ले पर्खालको खर्च प्रबन्ध गर्दैन l पर्खाल बनाउने र अबैध रुपमा बिना कागज अमेरिकामा बसोबास गर्ने आप्रवासीलाई फर्काउने गतिलाई तिब्र बनाउने भएका छन् l ‘सिमा सुरक्षा र अध्यागमन नितिलाई सहि निती तर्फ डोर्याउने असल सुरुवात हो भन्दै जारी गरिएको कार्यकारी आदेश भनेका छन् l

उनले बारम्बार मेक्सिकोले उक्त पर्खाल बनाएको पैसा तिर्नु पर्ने भन्दै आएका छन् भने यस बिषयमा मेक्सिकोका पुर्व राष्ट्रपतिले सामाजिक संजाल मार्फत राष्ट्रपति ट्रम्पलाई गाली समेत गरेका थिए l

उनले दुई महत्वपूर्ण कार्यकारी आदेश मा दस्तखत गर्दै यसमा कुनै नया कानुन नचाहिने बताए l सीमा सुरक्षालाई अझ सशक्त बनाउनको लागि ५ हजार सीमा सुरक्षा कार्यदल तथा १० हजार नया अप्रवासन तथा सीमा नियन्त्रक अधिकारीले देश निकाला गर्ने कामको पालना गर्ने बताए l राष्ट्रपति ट्रम्पले एबिसी संग अन्तर्वार्ता दिदै मेक्सिको को पर्खाल बनाउने योजना भीमकाय हो भन्दै तुरुन्तै सुरु गर्ने भनेका छन् l

 

प्रतिक्रिया