मंगलबार, असार ८ २०७८
काठमाडौं ०८:३२
वासिङटन डिसी 22:47

अस्ट्रेलियन ओपन टेनिसमा सेरेना सेमिफाइनलमा

इनेप्लिज २०७३ माघ १२ गते २२:३७ मा प्रकाशित

काठमाडौं, १२ माघ। विश्व नम्बर दुई अमेरिकी सेरेना विलियम्स अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन् ।

बुधबार बिहान भएको क्वाटरफाइनलमा नवौं बरियताकी बेलायती जोहन्ना कोन्टालाई हराएर ६ पटककी विजेता विलियम्सले अन्तिम चारमा स्थान बनाएकी हुन्।

सेरेनाले कोन्टालाई ६–२ र ६–३ को सेटमा हराएकी हुन् । विलियम्सले फाइनल प्रवेशका लागि क्रोएसियाकी मिर्जाना लुसिस–बारोनीसँग खेल्ने छिन् ।

बरियता बिहीन मिर्जानाले पाँचौं बरियताकी कारोलिना प्लिसोक्वालाई ६–४, ३–६ र ६–४ को सेटमा हराएर अन्तिम चारमा स्थान बनाएकी हुन् । एजेन्सीको सहयोगमा

 

प्रतिक्रिया