मोरङमा गोली चल्यो, एक जना घाइते

इनेप्लिज २०७३ माघ १२ गते १३:०६ मा प्रकाशित

विराटनगर, १२ माघ । मोरङमा बुधबार दिउँसो गोली चलेको छ ।

हतियारधारी समूहले चलाएको गोली लागेर जीवन विकास समाज कटहरीका वरिष्ठ फिल्ड सहायक पदमा कार्यरत ३७ वर्षीय घनश्याम बहरदार घाइते भएका छन् । उनको उनको विराट नर्सिङ्ग होममा उपचार भइरहेको छ । बहरदारको बायाँ तिघ्रामा गोली लागेको छ ।

उनीमाथि करसियास्थित पुलमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । साथै ३–४ जना हतियारधारी समूहले बहरदारले बोकेको २ लाख बढी रकम लुटेको छ ।

प्रतिक्रिया