लगानीकर्ताको आँखामा सगून

इनेप्लिज २०७३ माघ ११ गते २:०० मा प्रकाशित

मिनी आइपिओ जारी गर्ने तयारीमा रहेको सगूनको बारेमा शेयरमा लगानी गर्न इच्छुकहरुका माझ चासो छ । कतिपयले यसको बारेमा अझै जान्न प्रयास गरेका छन् भने कतिपयले यो प्रयासको सह्राना गरेका छन्। यो आलेखमा सगून र शेयर मार्केटका विभिद पक्षबारे प्रवासमा रहेर लगानी गर्ने लगानीकर्ताको बुझाइलाई राख्ने प्रयास गरिएको छ ।

सगून के हो?सगून अमेरिकामा दर्ता भएको स्टार्टअप आइटी कम्पनी हो । अर्थात सगून भरखरै शुरु भएर विस्तारै बामे सर्ने अवस्थाबाट अगाडि बढिरहेको छ। यसका देशीय कार्यालयहरु भारतको दिल्ली र नेपालको काठमाडौंमा छन् । यो ‘Building a Rewarding Life Through the Innovative Social Path: Connect. Share. Earn’ ध्येय (Mission)रहेको सगूनले अमेरिकाको आर्थिक कारोवारको बजार (Financial Market)मा औपचारिक रुपमा प्रवेश गर्न अमेरिकी सेक्युरिटी एक्सचेञ्ज कमिशन (US Security Exchange Commission -SEC)मा आवेदन पेश गरि स्विकृतीको प्रतिक्षा गरिरहेको छ । SEC बाट स्वीकृत प्राप्त भएपछि सगून मिनि आइपीओमा प्रवेश गर्छ र त्यही अनुसार यसले सर्वसाधारण लगानीकर्ताहरुलाई सगूनमा लगानीको लागि आह्वान गर्नेछ ।

मिनि आइपीओ के हो ?

सन २०१२ मा ‘जब्स एक्ट’को नामले अमेरिकामा मिनि आइपीओको प्रावधान खुल्ला भएको हो । मिनि आइपीओको यो प्रावधानले साना भन्दा साना लगानीकर्ताहरुलाई अर्थात सामान्य आम्दानी भएका व्यक्तिहरुलाई पनि स्टार्टअप कम्पनीमा लगानी गर्ने अवसर उपलब्ध गराएको छ । साथै यसले स्टार्टअप कम्पनीको शेयर किन्न सक्ने र ठूलो आम्दानी गर्न सक्ने संभावना प्रदान गरेको छ । समष्टिमा मिनी आइपीओलाई साना लगानीकर्ताहरुको लागि अनुपम अवसर प्रदान गर्ने कानूनको रुपमा हेर्ने गरिन्छ ।

स्टार्टअप कम्पनीको शेयर र स्टक मार्केटमा पाइने शेयरमा के फरक छ ?

सिद्धान्ततः दुबै उस्तैउस्तै हुन् तर यिनीहरुको बीचको तात्विक अन्तर भनेको कम्पनी कुन अवस्था (Stage)मा भएको बेलामा शेयर किन्ने भन्ने मात्र हो । अर्थात ‘टाइम फ्याक्टर’ महत्वपूर्ण मानिन्छ । यसलाई बुझ्न हामीले थाहा पाइरहेको फेसबुक कम्पनीको उदाहरण हेरौः

फेसबुक सन् २००४ तिर स्टार्टअप कम्पनीको हैसियतमा नै थियो । यसको आफ्नै प्रशस्त लगानी थिएन । प्रयोगकर्ता पनि थोरै थिए । यसको भविष्यको बारेमा पनि अनिश्चितता थियो । अर्थात अहिलेको सगुन जस्तै अवस्था थियो । त्यसबेला फेसबुकले आफ्नो शेयर सस्तोमा बेच्थ्यो । तैपनि मानिसहरु किन्न हिच्किचाउँथे । त्यसबेला एक डलरमा बेचेको फेसबुकको शेयरको मूल्य अहिले बजारमा करिब १२०० डलर भन्दा बढी पर्छ । त्यसबेला (स्टार्टअपको अवस्थामा) शेयर किन्नेले १२०० गुणा फाइदा पाए । त्यहि शेयर अहिले हामी स्टक मार्केटबाट १२०० डलरमा किन्छौँ तर अब त्यसको मूल्य अर्को १२०० गुणाले बढ्ने सम्भावना अन्यन्तै कम छ जसरी स्टार्टअप अवस्थामा किनेको त्यहि कम्पनीको शेयरको मूल्य बढेको थियो ।

यसरी फेसबुक स्टार्टअप कम्पनी भएको बेलामा शेयर किन्नेहरुले राम्रो आम्दानी गर्न सफल भए । सगुन अहिले स्टार्टअप कम्पनी हो । सामान्य बुझाइमा यसको भविष्य अझै अनिश्चित छ । त्यसैले यसको शेयर मूल्य पनि कम छ । यो अनिश्चितता चिर्दै सगुन सफल भए पछि फेसबुकको लगानी कर्ताले १ को १२०० प्रतिफल पाए जस्तै सगूनका लगानीकर्ताले पनि प्रतिफल पाउँछन् । यस्तो प्रतिफलको स्केल फेसबुकको भन्दा धेरै वा थोरै वा उस्तै कुनै पनि हुनसक्छ ।

स्टार्टअप कम्पनीको शेयर बढ्ने बारेमा कतिपय अर्थशास्त्रीहरुको शब्दमा भन्नु पर्दा ‘चिठ्ठा’ परेको जस्तो अवस्थासंग तुलना गर्ने गर्दछन् । अर्थात स्टार्टअपमा शेयर हाल्न पाइयो र त्यो कम्पनी सफल भयो भने लगानीकर्ताले पाउने प्रतिफल अथाह वा ठूलो धनराशीको चिठ्ठा परेको जस्तो हुनसक्छ । त्यहि भएर पनि यस्ता कम्पनीमा लगानी गर्नेहरु कम्पनीले प्रदान गर्ने लाभांश (Dividend)भन्दा शेयर मूल्यको बृद्धिप्रति अत्यधिक आकर्षित हुन्छन् । तर यो पनि विर्सन हुन्न कि लगानी आफैंमा जोखिम हो । लगानीमा जोखिम र फाइदा सिक्काको दुइवटा पाटा जस्तै भएर संगै हिड्छन् ।

स्टार्टअपमा कति लगानी गर्ने ?

यो जटिल प्रश्न हो र व्यक्ति व्यक्तिमा यसको प्रभाव फरक हुन्छ । जसले जोखिम मोल्न बढी रुचि राख्छ, उसले अलिक बढी लगानी गर्नसक्छ । जसले कम जोखिम मोल्न चाहन्छ, उसले कम लगानी गर्छ । जोखिम मोल्न नचाहनेहरुकालागि यो रुचीको विषय नै भएन । यो अवस्थामा लगानीमा नोक्सान नै भयो भने पनि ठूलो पछुताउ नहुने प्रकारको रकम मात्र लगानी गर्नु उपयुक्त हुन्छ । त्यस्तो रकम कति होला त ? त्यो व्यक्ति व्यक्तिमा फरक हुन्छ । व्यक्तिको आम्दानीले पनि फरक पार्दछ ।

सगूनमा कति लगानी गर्ने ?

मिनी आइपीओ मार्फत सगूनमा कम्तिमा २९९ युएस डलर लगानी गर्नुपर्ने हुन्छ । त्यसभन्दा माथि आफ्नो इच्छा र सगूनको नियम अनुसार लगानी गर्न पाइन्छ । सन् २०१४ तिर सगूनले परिवार तथा साथी, चिनेजानेकाहरुबाट लगानी गराउँदा लगानीकर्ताको लागि साँच्चीकै ठूलो जोखिम थियो । सगून अहिलेको अवस्थामा आइपुग्छ वा आइपुग्दैन भन्ने कुनै निश्चित थिएन । तर अहिले त सगूनसँग ठूलाठूला लागनीकर्ताहरुले समेत इच्छा जाहेर गरिराखेकाछन् । यस अर्थमा सगूनमा लगानीको जोखिमको मात्रा धेरै घटेको छ र सगून र ठूला लागनीकर्ताले यसमा सफलताका झिल्का देख्न थालेका छन् ।

कति रकम लगानी गर्ने होला भन्ने विषयमा निर्णय लिन यो एउटा उदाहरण हेरौः

मानौ सगुनको शेयर केही वर्ष पछि १०० गुणाले बढ्यो भने तपाइले लगानी गरेको ३०० डलर ३० हजार डलर मूल्य बराबर हुन आउँछ । त्यस्तै तपाइले १००० डलर लगानी गर्नुभयो भने एक लाख डलर मूल्य बराबर हुनसक्छ । तर माथिको उदाहरणमा भनिए अनुसार फेसबुकको जस्तो १०० गुणाको ठाउँमा १२०० गुणाले बढ्यो भने कति होला, आफैँ हिसाब गर्न सकिन्छ । जानकारीको लागि सन् २०१० मा जब उबर (ट्याक्सी कम्पनी) स्टार्ट अपको अवस्थामा थियो, त्यस समयमा १०० डलरको शेयरको मूल्य हाल आएर १ मिलियन डलर भन्दा बढी पुगेको छ । यसरी हेर्दा जति सक्दो धेरै लगानी गर्नु उचित हुने देखिन्छ । लगानीको सिद्धान्त अनुसार पनि कुरा सहि हो जति धेरै लगानी, त्यति धेरै प्रतिफल । तर यस सँगसँगै बिर्सन नहुने कुरो के पनि हो भने हरेक लगानीको प्रतिफलसंगै जोखिमको सम्भावना पनि त्यतिकै हुन्छ । त्यसैले कति लगानी गर्ने भन्ने कुरा बिचार पुर्याएर गर्नु राम्रो हुन्छ ।

लगानीकर्ताले कहिलेदेखि प्रतिफल पाउन थाल्छन् ?

अहिले सगूनले लगानीकर्ताहरुलाई लगानी गर्न आह्वान गरिरहेको छ । जब मिनि आइपीओ स्वीकृत भएर आउँछ, लगानीको लागि सबैलाई खुल्ला आमन्त्रण गरिन्छ । एकातिर लगानीकर्ताहरुले लगानी गर्दै हुन्छन्, अर्कोतिर सगूनले सेलफोन एप्सहरु निकाल्दै जाने योजना सारेको छ । पचासौँ इञ्जिनियर तथा अन्य विशेषज्ञहरुले सगूनको प्रोडक्ट निकाल्न काम गरिराखेका छन् । यो चरणमा सगूनले २० मिलियन डलर लगानी गर्ने योजना बनाएको छ जसलाई पुरा गर्न केही समय लाग्दछ । यो चरण पुरा भएपछि सगूनले आफ्नो प्रोडक्टबाट आम्दानी लिन पनि शुरु गर्छ र सगून अर्को चरणमा प्रवेश गर्दछ ।

अर्को चरणमा सगूनको लागि विभिन्न विकल्प मध्ये यौटा वितिय बजारमा जाने हो । यो विकल्प रोजेमा यसका शेयरहरु फाइनान्सीयल मार्केटमा किनबेच हुन थाल्छन । स्मरण रहोस कि सगूनको शेयरको मूल्य यस्को प्रोडक्टको उपयोगिता, लाभांश र यस्का प्रयोगकर्ताको संख्याले निर्धारण गर्दछ । त्यस समयमा हरेक शेयर होल्डर (लगानीकर्ता) ले आफ्नो शेयर इच्छा अनुसार बेच्न सक्छन् वा नबेची बस्न पनि सक्छन् । माथि दिइएको उदाहरणमा फेसबुक स्टार्टअप कम्पनी हुँदा एक डलरमा किनेको शेयरको मूल्य १२०० डलर पुग्न सकेको जस्तो सगूनमा लगानी गरिएको रकमको शेयरको मूल्य बढ्ने र फाइनान्सीयल मार्केटमा विक्री गरी अधिकतम लाभ लिन सक्ने अवस्था सगूनका लगानीकर्ताहरुको लागि यही समय हुनेछ । वास्तवमा हालका लगानीकर्ता वा मिनी आइपीओ मार्फत लगानी गर्ने लगानीकर्ताहरुले यसै अवस्थामा आफ्नो शेयर विक्री गरेर राम्रो प्रतिफल लिन सक्छन् । साथै शेयर बिक्री नगरी बस्ने लगानीकर्ताहरुलाई कम्पनीले वर्ष भरी गरेको नाफाको आधारमा लाभांश (dividend) उपलब्ध गराउँदै जाने हुन्छ ।

लगानी गर्ने अवसरको गरौं सदुपयोग

विगत ३०-३५ वर्षको आइटीको इतिहास हेर्ने हो भने अहिलेका आइटीका ठूलाठूला हस्तीहरु जस्तै फेसबुक, अलिबाबा, उबर, गुगल, ट्विटर आदि सबै स्टार्टअपको अवस्थाबाट गुज्रेर आएका हुन्। तर हामी मध्ये सायदै कसैले तिनीहरुको स्टार्टअपको अवस्थामा शेयर लगानी गर्ने अवसर सुन्यौँ वा पायौं । सुनेको वा पाएको भएपनि त्यसमा लगानी गर्न हामी राजी हुन्थ्यौँ वा हुदैनथ्यौँ । ती स्टार्टअपमा सफलताको सम्भावना देख्न थालियो, ठूलाठूला लगानीकर्ताहरुले अनि धनी बैङ्कहरुले लगानी गरे । साना लगानीकर्ताहरुको लागि त्यो अवस्थामा लगानी गर्ने कानूनी व्यवस्था नै थिएन । अमेरिकी कानूनमा पहिले आइपीओ मात्र थियो । सन् २०१२ पछि मात्र मिनि आइपीओको प्रावधान आएको हो । यो कानुनले साना लगानीकर्ताहरुलाई पनि लगानीको हिस्सेदार वा ठूलो प्रतिफलको हिस्सेदार बनाउने प्रत्याभुत गरेको छ ।   मिनी आइपीओ भन्दा पहिले त अमेरिकाका धनाढ्य माथिल्लो २ प्रतिशत मान्छेले मात्र लगानी गर्न पाउने हैसियत राख्थे । तर मीनी आइपीओले सामान्य आम्दानी भएका मानिसहरुलाई पनि लगानीकर्ता बन्न सहयोग पुर्‍याएको छ, हौसला बढाएको छ । फेसबुकमा १ को १२०० बनाउनेहरु तिनै ठूला लागनीकर्ताहरु र बैंकहरु नै थिए । त्यसबाहेक फेसबुकमा काम गर्ने केही कर्मचारी र दुःखका बेला साथ दिने साथीभाइ र आफन्तहरु मात्र थिए ।

जब SEC ले सगूनको लागि मिनी आइपीओ खुल्ला गर्छ अर्थात स्विकृती प्रदान गर्छ, त्यसपछि नेपाल भित्रबाट बाहेक (नेपाल सरकारको कानून अनुसार नेपाल भित्रबाट विदेशमा लगानी गर्न पाइदैन) संसारका अधिकांश देशहरुबाट लगानी गर्न पाइन्छ । नेपाली मूलका मानिसहरुले मात्र होइन सबैको लागि यो अबसर खुल्ला हुनेछ । त्यसैले जसले स्टार्टअपको आधारभूत प्रावधानलाई र  सगूनलाई बुझेका छन्, उनीहरु सगूनमा लगानी गर्न आउँछन् । लगानी गर्न पाउने २० मिलियनको सीमा पुरा भएपछि जुनसुकै बेला लगानीको अफर बन्द हुनेछ । जोसुकैले पनि लगानी गर्न पाउने प्रावधानले गर्दा तपाइको लगानी गर्ने इच्छा छ भने अहिले नै निर्णयगरि www.sagoon.com/invest मा इच्छा जाहेर गरेर बस्न सकिन्छ । जब सगूनले मिनि आइपीओ शुरु गर्छ, तब इच्छुक लगानीकर्ताहरुको लागि अवसरको ढोका खुल्ला हुनेछ । अघि माथि नै भनिसकियो कि समय र त्यसको मूल्य अनौठो हुन्छ ।

[email protected]

(लेखक अमेरिकाको वासिगंटन डीसी क्षेत्रमा बसोबास गरि सामाजिक क्षेत्रमा विशेष सकृय हुनुहुन्छ साथै वहाँ सगूनको संस्थापक लगनिकर्ता समेत हुनुहुन्छ यस लेखसंग सम्वन्धित जिज्ञासा वा प्रश्न भएमा लेखकको इमेलमा सम्पर्क गर्न सकिनेछ )

 

प्रतिक्रिया