बज्जिका पत्रकार संघ, नेपाल दर्ता

इनेप्लिज २०७३ माघ १० गते २३:१२ मा प्रकाशित

सञ्जय मित्र, रौतहट
पत्रकारिता क्षेत्रमा एउटा नयाँ संस्थाले औपचारिकता प्राप्त गरेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटबाट बज्जिका पत्रकार संघ, नेपाल नामक संस्थाले औपचारिक रुपमा दर्ता प्रमाणपत्र प्राप्त गरेको छ । गत वर्ष फागुन १५ गते बज्जिकामा कलम चलाइरहेका पत्रकारहरुको भेलाले राजेश्वर पान्डेको अध्यक्षतामा बज्जिका पत्रकार संघ तदर्थ समिति गठन गरी जिल्ला प्रशासन कार्यालय रौतहटमा दर्ता हुने निर्णय गरेको थियो । संघसंस्था दर्ता ऐन २०३४ अनुसार दर्ता भएको संस्थालाई जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत विष्णुरञ्जन बरालले बज्जिका पत्रकार संघ, नेपाललाई दर्ता प्रमाणपत्र उपलब्ध गराएका छन् । संघको उपाध्यक्षमा समतोलिया कुमारी मुखिया र रामेश्वर मेहता, सचिवमा चंचल झा, सहसचिवमा देवेन्द्र कुमार चौधरी र शिवकिशोर सिंह, कोषाध्यक्षमा राकेशकुमार यादव तथा सदस्यहरुमा अल्पना कुमारी, मनोजकुमार यादव, ओमप्रकाश यादव, रश्मि पटेल, अमितकुमार ठाकुर, चन्दनकुमार पटेल रहेका छन् । संस्थाले औपचारिकता प्राप्त गरेपछि बज्जिका पत्रकारितामा नयाँ युगको सुरुआत भएको अध्यक्ष पान्डेले बताएका छन् । संघको प्रथम वार्षिकोत्सव धुमधामका साथ आगामी फागुन १४ गते मनाइने तयारी भइरहेको समेत पान्डेको भनाइ छ ।
फोटो क्याप्सन :संस्था दर्ताको प्रमाणपत्र संघका परिकल्पनाकार सञ्जय मित्रलाई हस्तान्तरण गर्दै अध्यक्ष पान्डे

प्रतिक्रिया