नेपालकी चेली तेरिया मगरलाई ‘झलक दिखला जा’ को उपाधी

इनेप्लिज २०७३ माघ ९ गते १३:३० मा प्रकाशित

गत शनिबार साँझ नेपालकी चेली तेरिया मगरले ‘झलक दिखला जा’ को उपाधि हात पारेकी छिन् l उनले झलक दिखला जा सहित भारत कै ठुला दुई प्रतिस्पर्धा उपाधी जित्न सफल भएकी छिन् l गत शनिबार झलक दिखला जा को उपाधिको आधिकारिक रुपमा घोषणा बलिवुडका अभिनेता नायक सलमान खानले गरेका थिए ।

तेरियाले सलमान यूसूफ खान र शांतनु माहेश्वरीलाई पछाडी पार्दै उपाधि सहित ३० लाख जितेकी छिन् । अन्तिम कार्यक्रममा नायक ऋतिक रोशन आएका थिए l उपाधी जितेपछि तेरियाले आफूलाई बलिउडमा प्रवेश गर्ने चाहना भएको र सोनाक्षी सिन्हासँग काम गर्ने चाहना राखिन् ।

तेरियाले उपाधि पाए पछि संचारकर्मी संग कुराकानी गर्दै -‘मलाई थाहा छैन कि, यो कार्यक्रम जितेपछि म के गर्नेछु । बलिउडलाई टीभीमै हेरेर म ठूली भएकी हुँ । मलाई मौका मिल्यो भने म बलिउडमा प्रवेश गर्न चाहन्छु ।’भनिन

तेरिया झलक दिखलाजा मा बाहिरिएकी थिइन् l तर कार्यक्रममा उनि पुर्नआगमन गरेकी हुन् । झलक दिखलाजा कार्यक्रमको निर्णायक मण्डलमा रहेका करन जोहर, ज्याकलिन फर्नान्डेज, फराह खान र गणेश हेजले उनको अद्वितीय प्रस्तुतीमा प्रशंसा माथि प्रशंसा गरेका थिए l गत शुक्रबार नै तेरिया मगर ले उपाधि जितेको समाचार आए पनि आधिकारिक घोषणा जनवरी २१ तारिख गरिएको थियो l

प्रतिक्रिया