को सँग विहे गर्दैछन् प्रियंका कार्कीका पूर्व श्रीमान रोचक

इनेप्लिज २०७३ माघ ९ गते ११:४६ मा प्रकाशित

काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी अहिलेकी चर्चित नायिका प्रियंका कार्कीका पूर्व श्रीमान रोचक मैनाली अर्को विवाह गर्ने तयारीमा छन् । नायिका कार्कीसंग औपचारिक रुपमा डिभोर्स भइसकेपछि मैनाली अर्को विवाह गर्न लागेका हुन् । उनीहरुबीच दुई वर्षअघि डिभोर्स भएको थिए ।

अमेरिकाको न्युयोर्कमा बस्दै आएका मैनालीले अंशुमा खरेललाई आफ्नो जीवन साथी बनाउने तयारी गरेका छन् । उनीहरुको यो हप्ताभित्र कोर्ट म्यारिज हुने जनाइएको छ । विवाहपछि अमेरिकामै भव्य पार्टी गर्ने तयारी समेत भइसकेको छ । केटीको तर्फबाट भने माघ ११ गते पाटीको आयोजना गरिएको छ ।

अहिले २७ वर्ष पुगेकी नायिका कार्कीले मैनालीसंग २५ वर्षको उमेरमा डिभोर्स गरेकी थिइन् । प्रियंकाले २१ वर्षकै उमेरमा मैनालीसंग विहे गरेकी थिइन् ।

अमेरिकाको एलाबामा स्थित युनिभर्सिटी अफ नर्थ एलाबामाबाट फिल्म एण्ड डिजिटल मिडिया प्रोडक्सनमा ब्याचलर गर्दा गर्दै नायिका कार्कीको त्यहीँ बसेर कम्प्युटर इन्जिनियरिङ पढिरहेका मैनालीसँग प्रेम सम्बन्ध भएको थियो ।

प्रियंका कार्कीले मेरो बेष्टफ्रेण्ड र थ्री लभर्स फिल्मको सुटिङ सकिए लगत्तै कागजी प्रक्रिया पुरा गरी डिभोर्स गरेकी थिइन् । नायिका कार्की अहिले नेपालमै फिल्मी क्षेत्रमा व्यस्त हुन छिन् । सिनेमा खेल्न श्रीमानले हस्तक्षेप गरेपछि आफूले डिभोर्स दिएको प्रियंकाले यसअघि नै बताएकी थिइन् ।

प्रतिक्रिया