शुक्रबार, असार ४ २०७८
काठमाडौं ००:१६
वासिङटन डिसी 14:31

बिश्व बिख्यात लागु औषध डन एल चापो लाई मेक्सिको ले ट्रंप को सपथ ग्रहण एक दिन अमेरिकालाई सुपुर्दगी

इनेप्लिज २०७३ माघ ७ गते ३:१८ मा प्रकाशित

विश्व बिख्यात लागु औषध डन एल चापो लाई मेक्सिको ले ट्रंप को सपथ ग्रहण एक दिन अमेरिकालाई सुपुर्दगी गरेको खबर छ l लागू औषध तस्करी मुद्दामा कारागार सजाय काटी रहेका अवस्थामा समेत मेक्सीकोको अत्यन्त कडा सुरक्षा घेराको जेलबाट दुई पटक फरार हुन् सफल भएका थिए l

अमेरिका ले खोजिरहेको अवस्थामा आज जनवरी १९ तारिख अमेरिकालाई मेक्सिकोले सुपुर्दगी गरेको हो l अमेरिकामा उनलाई लागु औषध ओसार पसार तथा अन्य मुद्धा लगाइने छ भनि सीबिएस मा समाचार छ l

उनि लाई अमेरिका ल्याउदै गरेको जानकारी अमेरिकाका वरिष्ठ अधिकारीले दिएका छन् भने उनि बाटोमा रहेको जानकारी दिएका थिए l उनलाई मेक्सिको सिमा क्षेत्र एल पासो टेक्सस हुदै न्युयोर्कको लागि ५ :३१ मिनेट मा हिडेको एक अधिकारीले बताएका थिए l अमेरिका को न्याय बिभाग ले मेक्सिको सरकार प्रति कृतज्ञता ज्ञापन गरेको छ l

एल चापो अमेरिकाको फोर्ब्स पत्रिकाले २००९ देखि २०११ को विश्व को सबै भन्दा शक्तिशाली व्यक्तिको सुचिमा स्थान दिएको थियो l २०१४ मा झ्यालखाना बाट सुरुङ्ग बनाएर भागेका थिए भने उनलाई १९९३ मा ग्वाटे मालामा पहिलो पटक गिरफ्तार गरिएको थियो l

चापोले ५ वटा बिबाह गरेका छन् भने ११ सन्तान का बुवा हुन् l

प्रतिक्रिया