आइतबार, असार ६ २०७८
काठमाडौं ०४:१०
वासिङटन डिसी 18:25

जनसंपर्क समितिद्दारा परराष्ट्र मन्त्री डा. महत मार्फत भुकम्प पीडित रकम हस्तान्तरण

इनेप्लिज २०७३ माघ ६ गते २३:३० मा प्रकाशित

नेपाली जनसम्पर्क समिती, अमेरिका केन्द्रिय समितिले भुकम्प पिडितका लागि संकलन गरेको रकम सभापती र पदाधिकारीहरुको प्रत्यक्ष संलग्नतामा नेपालमा सहयोग प्रदान गरिसकेको अवस्थामा बांकी रहेको रकम परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत मार्फत नेपाल हस्तान्तरण गरेको छ । जनसंपर्क समिती, अमेरिकाका सभापती आनन्द बिष्टले संस्थासंग बांकी रहेको पूर्ण रकम मन्त्री डा. महतलाई हस्तान्तरण गर्नुभएको छ ।

एनआरएन अमेरिकाको पांचौं साधारण सभा आयोजनाको उपलक्ष्यमा टेक्सासको डालसमा नेपाली जनसम्पर्क डलास च्याप्टर, डालस फोर्ट ओर्थ च्याप्टर र तरुण दल अमेरिकाको आयोजनामा पांचौं सम्मेलनमा सहभागी हुन डालस पुगेका सहभागीहरुको स्वागतमा आयोजित रात्री भोज तथा स्वागत कार्यक्रमको अवसरमा सभापती बिष्टले सो रकम मन्त्री डा. महत मार्फत नेपाल पठाउनुभएको हो ।

आपतका बखत संस्थाको केन्द्रिय समितिको आकस्मिक बैठकले तत्काल संकलन गरेको रकम सभापती आनन्द बिष्ट, उपसभापती धर्म श्रेष्ठ, केन्द्रिय सदस्य हरिबोल भन्डारी लगायतका केन्द्रिय राहत सहयोग प्रतिनिधी टोलीले नेपाल गई प्रत्यक्ष रुपमा सहयोग र बितरण गरेको थियो । बांकी रकम नेजसले पठाउंदा कर मार्फत धेरै रकम नियामनुसार काटिनेभएकोले, केही आन्तरिक किचलोले र संस्था ५०१ सीको प्रकृयामा रहेकोले बर्तमान अवस्थामा नेपाली जनसंपर्क समिती, अमेरिका ५०१ सी मार्फत सुरक्षित रहेको अवस्थामा एनआरएन अमेरिकाको सम्मेलनमा प्रमुख अतिथिको रुपमा सहभागी आउनुभएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम परराष्ट्र मन्त्री डा. महतलाई केन्द्रिय समितिको निर्णयानुसार सभापती बिष्टले संस्थासंग बांकी रहेको राहत रकम  २९,५००।०० डलर नेपाली कांग्रेस पार्टी केन्द्रिय राहत कोषमा जम्मा हुने गरी हस्तान्तरण गर्नुभएको हो ।

स्वभावत: जन्मभुमीमा परेको बिपतका लागि प्रवासमा सकृय धेरै संघ संस्थाहरुले सहयोगका लागि हात अघि बढाउंछन । भुकम्पको बिपतमा सहयोगका लागि उठेका रकम केही संस्थाहरुमा अहिले पनि संकलित छन । तर नेपाली जनसंपर्क समिती, अमेरिकालाई मात्र निरन्तर आर्थिक अपचलनका नाममा निरन्तर आरोप र आक्रमण जारी रहे । संस्था संस्थागत हुने आन्तरिक प्रकृयाका बाबजुद बिबिध कारणले केही समय लग्नु स्वाभाविक थियो । आज त्यो आरोप निराकरण भएको छ । धैर्य गरे, सत्य कहिल्यै नहार्ने ध्रुब सत्य यथार्थ सावित भएको छ । नेपाली जनसम्पर्क समिती, अमेरिका मार्फत भुकम्पको नाममा उठेको एक रुपैंया पनि तल माथी भएको छैन । नेजससंग रहेको  २९,५००।०० डलर रकम पार्टीको राहत कोषमा जम्मा हुन हस्तान्तरण भईसकेकोले आर्थिक विवादमा संस्था कुनै भ्रममा नरहेको स्पस्ट हुन्छ ।

गोकुल ढकाल
केन्द्रिय सदस्य एवम प्रचार बिभाग प्रमुख
नेजस, अमेरिका ।

प्रतिक्रिया