शुक्रबार, असार ४ २०७८
काठमाडौं ०५:२३
वासिङटन डिसी 19:38

एएनए नेपाली अमेरिकन भकुण्डो टोलि झापा संग ४- १ ले पराजित

इनेप्लिज २०७३ माघ ६ गते १२:२५ मा प्रकाशित

पोखरा मा भै रहेको १५ औ आहा गोल्ड कप प्रतियोगितामा अमेरिका बाट नेपाल भकुण्डो खेल्न गएको एएनए नेपाली अमेरिकन भकुण्डो टोलि झापा संग ४- १ ले पराजित भएको छ l

आज जनवरी १९ बिहिबार पोखराको रंगशालामा भएको १५ औ आहा रारा गोल्ड कप मा झापा ११ का कर्ण लिम्बु ले ३ गोल गरेका थिए l यसै गरि बुद्ध चेम्जोङ्गले १ गोल थप गरि झापा ११ लाई ४ गोल मा परिणत गरेका थिए l

यसै गरि एएनएन नेपाली अमेरिकन भकुण्डो टोलिका तर्फ बाट शिशिर बिश्वकर्मा ले १ गोल फर्काएका थिए l कर्ण लिम्बु आज का उत्कृष्ट खेलाडी घोषित भएका छन् l

झापा ११ क्वाटर फाईनल को लागि नेपाल आर्मी संग भिड्ने भएको छ l उत्तर अमेरिका कै इतिहासमा पहिलो पटक अमेरिका बाट दोश्रा पुस्ताका खेलाडी मातृभूमि भकुण्डो खेल्न नेपाल गएका हुन् l अमेरिका बाट गएका दोश्रा पुस्ताका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेता पनि बिजयी हुन् सकेनन l

कर्ण लिम्बुले २६ ,७४ तथा ८९ मिनेट मा गोल गरेका थिए भने बुद्ध चेम्जोङ्गले ३२ मिनेटमा गोल गरेका थिए l

प्रतिक्रिया