शुक्रबार, असार ४ २०७८
काठमाडौं ०६:२५
वासिङटन डिसी 20:40

नेपाली जनसम्पर्क समिती केन्द्रिय समितिको एकता यात्रा डालसबाट शुरु

इनेप्लिज २०७३ माघ ५ गते २२:२३ मा प्रकाशित

दुई बर्ष भन्दा अघि एकताको अधिबेशन सम्पन्न गरी टेक्सासको डालसबाट निस्किएको नेपाली जनसम्पर्क समिती, अमेरिका, केन्द्रिय समिती यात्राका क्रममा देखिएका सामान्य समस्याहरुलाई चिर्दै फेरी डालसबाटै एकताको यात्रामा हिंड्न अघि बढेको छ ।

टेक्सासको डालसमा आयोजित एनआरएन अमेरिकाको पांचौं साधारण सभामा भाग लिन जम्मा भएको अवसर छोपेर नेजस, केन्द्रिय समितिका उपलब्ध पदाधिकारीहरु, केन्द्रिय सदस्यहरु र महाधिबेशन सदस्यहरुको संयुक्त प्रयासपछिको औपचारिक बैठकले बिगतका झिना-मसिना कुराहरुलाई छाडेर प्रवासी सामुदायिक सेवामा एक ढिक्का भएर अघि बढ्ने निर्णय गरेको छ । 
एनआरएन अमेरिकाको साधारण सभामा प्रमुख अतिथिको रुपमा भाग लिन आउनुभएका नेपाली कांग्रेसका प्रभावशाली केन्द्रिय सदस्य तथा परराश्ट्र मन्त्री डा. प्रकाशशरण महत र नेपाली कांग्रेसका बैचारिक नेता केन्द्रिय सदस्य कल्याण गुरुङ्गको उपस्ठिती, पहल र सल्लाह सुझावमा ‘बाहिर देखिएको भनिएको विवाद’ लाई नेजसको एकताको भुमी डालसमै छाडेर एक भई अघि बढ्ने निर्णय भएको छ ।

‘नेपाली जनसंपर्क समितिका नाममा भनिएका कारवाहीहरु, गरिएका केही निर्णयहरु र संगठनलाई मजबुत बनाउन आगामी दिनमा एक भई अघि बढ्ने बाटो तयका लागि बिगत बिर्सेंर संस्थालाई सहमतीको निर्णयका आधारमा अघि बढाईने निर्णयमा उपस्थित केन्द्रिय समितिका उपलब्ध  २० जना सदस्यहरुले हस्ताक्षर गर्नुभएको छ ।

भुकम्प पीडितका लागि संकलन गरिएको रकम केन्द्रिय सभापति आनद बिष्टले परराश्ट्र मन्त्री डा. महतलाई हस्तान्तरण गरिसक्नुभएको अवस्थामा संगठनका साना-तिना असमझदारीहरुलाई निराकरणका लागि सभापति लगायत केन्द्रिय समिति सदस्यहरुको पहलमा सम्पन्न केन्द्रिय समितिको निर्णयले गरेको यो नविनतम उदाहरणले नेपाली जनसंपर्क समिती अमेरिका, केन्द्रिय समितीभित्र अब कुनै गुन्जायस नभएको स्पस्ट हुन्छ ।

डालसबाट शुरुभएको एकताको अधिबेशन पश्चात बिचमा देखिएको सामान्य समस्याको समाधानका लागि डालसमै सम्पन्न एकता वार्ताको सफलताको  लागि भूमिका खेल्नुहुने सबैलाई सभापति बिष्टले धन्यवाद ब्यक्त गर्नुभएको छ । यसैगरी केन्द्रिय समितिका पदाधिकारीहरु, महासमिती सदस्यहरु र केन्द्रिय सदस्यहरु एकताको यो अर्को चरणको नयाँ शुरुवातले बक्तब्यमार्फत आफुहरु अत्यन्त खुसी भएको बताउनुभएको छ ।

प्रतिक्रिया