शनिबार, असार ५ २०७८
काठमाडौं १४:२५
वासिङटन डिसी 04:40

अमेरिकामा ८ घण्टाकि शिशुलाई अपहरण गरेको १८ बर्ष पछि जैविक(बायोलोजिकल प्यारेन्ट्स ) मातापिता संग पुनर्मिलन

इनेप्लिज २०७३ माघ ५ गते ३:०२ मा प्रकाशित

१८ बर्ष पहिले अपहरणमा परेकी महिलालाई प्रहरीको सक्रियतामा उनलाई आफ्ना जैविक (बायोलोजिकल प्यारेन्ट्स )माता पिता संग १८ बर्ष पछि पुनर्मिलन गराई दिएको समाचार छ l

अमेरिकाको साउथ क्यारोलिनाको वाल्टरबोरोमा कमियाह मोब्ली नामक गरेकी शिशु केवल ८ घण्टा मात्र भएको समयमा अपहरणमा परेकी थिइन् l र पहिलो पटक उनले सक्कली आमा बुवालाई भेटिन l

गत शनिबार जनवरी १५ तारिख साउथ क्यारोलिनाको वाल्टरबोरोमा प्रहरी विभागमा आफ्ना माता पिता संग भेट गरेकी छिन् जहाँ उनि अर्को झुटो नामले ठुली भएकी थिइन् भनि अनगिन्ती संचार माध्यमले लेखेका छन् l वाल्टरबोरोमा चार्ल्स टन भन्दा ५० माएल्स् पश्चिम मा पर्दछ l

उनका पिता क्रेग अकेनले ४५ मिनेटको भेट पछि आफ्नी छोरी भेट्दा अझ पनि आश्चर्य लागेको भन्दै लामो समय सम्म हराएकी छोरी संग पुनर्मिलन चकित परेको भने l र पहिलो भेटघाट राम्रो सुन्दर तथा चमत्कारिक भएको अकेनले भने l १८ बर्ष सम्म को त्यो स्थिति ल्याउन हामीहरु प्रक्रिया गर्न कोसिस गरि रहेको बताउदै आफु ब्याख्या गर्न सक्दिन भनेका थिए l

मोब्ली १९९८ मा केवल आठ घण्टा कि हुँदा फ्लोरिडा ज्याक्सन भिल अस्पताल बाट अपहरणमा परेकी थिइन् l अस्पतालमा एक महिलाले आफू स्वास्थ्य परिचारिका को रुप धारण गरि अपहरण गरेकी थिइन् l बिशाल अनुसन्धान र हजारौ हजार गुप्त सूचना निर्माण गर्दा पनि केहि शिप लागेन l र अन्ततगत्वा डिएनएन प्रमाण नै मोब्लीको वंशावली रहेको पाईयो l

५१ बर्षिय अपहरणकारी ग्लोरिया विलियम लाई प्रहरीले मुद्धा चलाउने भएको छ l प्रहरीले उनलाई साउथ क्यारोलिना बाट फ्लोरिडा सुम्पने छ र आरोप चलाउने भएको छ l अपहरणकारी विलियमले मोब्लीलाई आफनै छोरी झैँ गरि पालेकी थिइन् भने मोब्लीको नाम एलेक्सिस मानिगो राखेकी थिइन् l

एपी / वाल्टरबोरो प्रहरी विभाग

प्रतिक्रिया