बिहीबार, असार १० २०७८
काठमाडौं ०२:१७
वासिङटन डिसी 16:32

तान्जानिया बाट पाँच नेपाली कामदारको उद्दार

इनेप्लिज २०७३ माघ ४ गते १९:३८ मा प्रकाशित
दार ए सलाम , तान्जानिया ,बिगत एक बर्ष देखि तलब रोकि  , फिर्ता टिकट र पासपोर्ट समेत नदिई राखिएका पाँच नेपाली कामदारको गैर आबासिय नेपाली संघ तान्जानियाले उद्दार समन्वय गरि फिर्ता पठाएको छ । तान्जानियाको दार ए सलाम देखि ५०० किलोमिटर टाढा जङली क्षेत्रमा रहेको खनिज सम्बन्धि उधोग कङारू मिनरल्समा भारतको मुम्बई हुँदै दुई बर्ष अघि रोजगारिका लागि आई अलपत्र  परेकामा नृप बहादुर टमट्टा,जगत बहादुर कुवर र अम राज सार्की  (अछाम ) र लोगे टमट्टा र भुवन कुवर ( कैलाली ) थिए  ।
उक्त घटनाको गत एक महिना अघि एनआरएनएको जानकारिमा आए पछि हामिले उनिहरुको तलब , टिकट र पासपोर्टका लागि रोजगार दाता कम्पनी संग आबस्यक पहल थालेका थियौ । कम्पनिले टिकट र कम्पनी चलेको बखतको तलब सुबिधा र पासपोर्ट तत्काल फिर्ता दिने भए पछि र बाकी रकम कम्पनिको मुम्बई स्थित कार्यालयमा कुरा गर्ने पीडित साथिहरुको सहमती भएपछी उनिहरुलाई दार ए सलाम ल्याई मुम्बै फिर्ता पठाइएको छ , संघका तान्जानिया अध्यक्ष रोशन थापाले भने ।
संघका अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्कीले संघको तान्जानिया समितीले कुशलता पुर्बक उददारको संयोजन गरि बिपतमा परेका नेपालीको सहयोग गरेकोमा खुशी व्यक्त गर्नु भयो । यस कार्यको लागि आबस्यक सहयोग र सल्लाह दिने प्रीटोरिया स्थित नेपाल दुतावास , महामहिम राजदुत अमृत बहादुर राई र संघका अन्तरास्ट्रिय समितीका केाषाध्यक्ष हिक्मत थापा प्रती आभारी छौ , उनले अगाडि  भने ।

प्रतिक्रिया