सोमबार, जेठ ३१ २०७८
काठमाडौं ००:०२
वासिङटन डिसी 14:17

भर्जिनियामा दुई दाजुभाईलाई बन्धक बनाएका बन्दुकधारी मारिए

इनेप्लिज २०७३ माघ ४ गते ३:२१ मा प्रकाशित

जनवरी १६ ,अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया को हर्नडन सहरमा दुई दाजुभाईलाई बन्धक बनाई गोलि प्रहार गरेका बन्धुक धारीलाई फेयर फ्याक्स प्रहरी द्वारा मारिएका छन् l

हर्नडन शहर स्थित शहरी घर(टाउन हाउस )मा बन्धक परेका दुई दाजुभाईले २ :४० मा प्रहरीलाई ९११ मा खबर गरेका थिए l उनीहरु बीच झडप भए पछि गोलि प्रहार गरेका थिए l

दाजुभाई भाग्न सफल भएका थिए भने संदिग्धले उनीहरुलाई बन्धक घरमा बनाएका थिए l प्रहरी र उनि बीच दोहोरो सम्झौता सम्बन्धि कुराकानी भएको थियो भने उनले हाते बन्दुकले निरन्तर चलाई रहेको फेयर फ्याक्स काउन्टीका प्रमुख एडरोस्लरले बताएका थिए l

बन्दुकधारीले घरमा आगो लगाई दनदनी बढेता पनि अग्नि नियन्त्रकहरु गोलिबारी चली रहेकोले जान मानेको प्रहरीले जानकारी दिएका थिए l पटक पटक प्रहरीले बन्दुकधारीलाई मनाउने कोसिस गर्दा पनि असफल भए पछि संदिग्ध व्यक्ति चक्कु सहित घर बाहिर आए पछि उनलाई निस्तेज बनाउन रबरको गोलि प्रहार गरिएको र अन्त्यमा बन्दुकधारीलाई गोलि हानिएको प्रहरी प्रमुखले बताए l

संदिग्ध बन्दुकधारीलाई नजिकको अस्पतालमा पुर्याईएको भएता पनि अस्पतालमा मरेको जानकारी प्रहरीले दिएको छ l बन्धकहरु लाई कुनै चोट पटक नलागेको तथा प्रहरी तथा अग्नि नियन्त्रकहरुलाई पनि कुनै चोट पटक नलागेको प्रहरीले जनाएको डब्लुटिओपी डटकममा समाचार छ l

प्रहरीले धन्न कुनै ठुलो दुर्घटना हुन् पाएन भन्दै समुदायलाई धन्यवाद दिएका छन् भने बन्दुकधारी को हुन् र बन्धकहरु बारेमा पनि कुनै सूचना प्रहरीले प्रकाशित गरेको छैन l

तस्बिर : फेयर फ्याक्स काउन्टी प्रहरी 

प्रतिक्रिया