गैर अावासीय नेपाली संघ (एनअारएन) अमेरिका पाँचाै साधारण सभा, ड्यालस टेक्सस प्रेस विज्ञप्ति

इनेप्लिज २०७३ माघ ३ गते १६:१२ मा प्रकाशित

ड्यालस, टेक्सस(अमेरिका)- अावासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति (एनअारएन) अमेरिकाकाे पाँचाै साधारण सभा जनवरी १४ शनिबारब टेक्ससको ड्यालसमा सम्पन्न भयाे । उक्त साधारण सभामा माननीय परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । 

 

कार्यक्रममा महामहिम नेपाली राजदूत डा. अर्जुनकुमार कार्की, दूतावासका पदाधिकारी, एनअारएन अाइसिसी उपाध्यक्ष कुमार पन्त, अमेरिकाका १७ राज्यहरूमा रहेका एनअारएन च्याप्टर प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो । 

 

साधारण सभामा नेपाली डायस्पोराको लगानी लगायत विभिन्न मुद्धाहरूमा छलफल भएको थियो । साधारण सभाले महासचिव र कोषाध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनका अतिरिक्त विधान संशोधन प्रस्ताव पनि पारित गरेको छ ।  

उद्घाटन कार्यक्रममा परराष्टमन्त्री डा. प्रकाश शरण महतले संयुक्त राज्य अमेरिकामा रहेका ठूलो संख्याका गैर आवासीय नेपाली समुदायलाई नेपालमा लगानी भित्र्याउन र यहाँ सिकेको ज्ञान र सीपलाई नेपालको विकासमा के कसरी प्रयोग गर्न सकिन्छ भनेर गम्भीर रपमा सोच्न आग्रह गर्नुभयो ।  

मन्त्री डा महतले नेपाल नयाँ संविधानको कार्यान्वयनमार्फत अब आर्थिक विकासको एजेण्डामा अघि बढ्न लागेकोले यो अभियानलाई सघाई समृद्ध नेपाल निर्माण गर्न विश्वभर छरिएका नेपालीको भूमिका अहम हुने बताउनुभयो ।   

बिगतमा द्धन्द्धलगायतका विभिन्न कारणले आर्थिक विकासका क्षेत्रमा पछि परेको नेपाललाई अब आर्थिक रुपमा अघि बढाउन सबै नेपाली एकसाथ र एकजुट भएर लाग्नुपर्नेमा जोड दिँदै मन्त्री डा महतले यो अभियानमा गैर आवासीय नेपालीको साथ र सहयोग महत्वपूर्ण हुने बताउनुभयो ।  

उहाँले भन्नुभयो, तपाईहरु अमेरिकाजस्तो देशमा आउनसक्ने हैसियत आफ्नै जन्मभूमि नेपालले दिएकोले यहाँ तपाईहरुले प्राप्त गरेको समृद्धिको एउटा हिस्सा नेपालको समृद्धिमा पुर्याउन र आफ्नो हैसियत र पहिचान निर्माण गर्ने मातृभूमिप्रतिको कर्तव्य नबिर्सिन पनि आग्रह गर्नुभयो । 

नेपालमा विगतमाजस्तै लगानीको वातावरण छैन भन्ने गरिएको तर त्यसमा सत्यता नरहेको बताउदै मन्त्री डा महतले नेपालमा अब विदेशीहरु पनि लगानीका लागि आइरहेको र गैर आवसीय नेपालीले पनि बिकास अभियानमा आउनुपर्ने बताउनुभयो । 

उहाँले आफु वर्तमान संविधान निर्माणको मस्यौदा समितिमा रहेर गैर आवासी नेपालीको अधिकारका लागि काम गरेको भन्दै उनीहरुलाई देशमा राजनीतिक बाहेकका सबै अधिकारका लागि छुट दिने किसीमले कानुनी व्यवस्था गरिेन बताउनुभयो । 

हिजोआज नेपालमा राष्टियताको विषयलाई अनावश्यक रुपमा उचालिएको र वर्तमान सरकारको विदेश नीति कहिले कता त कहिले कता ढल्किएको भन्ने गरिएकोतर्फ संकेतगर्दै उहाँले भन्नुभयो, नेपालको परराष्ट नीति कतै ढल्किएको छैन, नेपालतर्फमात्र ढल्किएको छ ।  

नेपालले आफ्ना चासो र राष्टियताको विषयलाई छिमेकी देशहरुसँग कूटनीतिक टेबलमा डुबानका साथै भारतसँगका बिगतका सन्धी सम्झौताबमोजिम नेपालले पाउनुपर्ने सुविधा र सहुलियतका कुराहरु राखेको र जसका कारण विगतको तुलनामा छिमेकी भारतसँगको सम्बन्धमा सुधार आएको बतानुभयो । 

उक्त बैठकमा अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीले मार्चमा नेपालमा हुन लागेको इन्भेष्टमेन्ट फोरममा सहभागिताका लागि अाग्रह गर्नुभयो । साधन र स्रोत कम हुँदा पनि अार्थिक कुटनीतिलाइ अगाडी बढाएको उहाँले बताउनुभयो ।  

पराराष्ट्रमन्त्री डा. महत र राजदूत कार्कीले नेपालमा लगानी विषयक छलफलमा पनि अाफ्नो धारणा राख्नुभएको थियो ।  

कार्यक्रममा गैर आवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष डा केशव पौडेलले उक्त संघका क्रियाकलापबारे चर्चा गर्नुभएको थियो ।  

साधारण सभामा अमेरिकाका विभिन्न १७ वटा च्याप्टरका तथा उत्तर अमेरिका, क्यानाडालगायतबाट करिब ५०० जना एनआरएनएका सदस्यको सहभागिता थियो ।    

संयुक्त राज्य अमेरिका एनआरएनएको सबैभन्दा बढी सदस्य रहेको देश हो । यहाँ दश हजार भन्दा बढी सदस्य रहेका छन् । हाल अमेरिकामा कम्तीमा पनि तीन लाख नेपाली रहेका छन् । तर यहाँ चारलाख जति नेपाली भाषी रहेका छन् ।   

मन्त्री डा. महत गत बिहीबार अमेरिका पुग्नुभएको हो । उहाँले अमेरिकामा रहँदा यहाँका गैर आवासीय नेपाली प्रतिनिधि तथा नेपाली समुदायसँग नेपालमा लगानी बढाउन र विकसित विज्ञान प्रविधिलगायत अमेरिकाजस्तो विश्वको शक्ति र समृद्धिले सम्पन्न देशमा रहेर प्राप्त गरेको ज्ञान र सिपलाई नेपालको विकासमा के कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने बारेमा सोच्न पनि आग्रह गर्नुभएको थियो ।  

एक अनौपचारिक तथ्यांकअनुसार हाल अमेरिकामा नेपाली समुदायले मात्र कम्तीमा एक खर्ब आर्थिक लगानी गरेका छन् । टेक्सास् राज्यमा मात्र एक हजार भन्दा बढी नेपालीको व्यवसाय रहेको छ ।

   

कार्येक्रममा न्यूयोर्कस्थि नेपाली बाणिज्यदूत कृशु क्षेत्रीले युरोप, अमेरिका, अष्ट्रेलियामा रहेका एनअारएन र खाडी, मलेसियामा रहेका एनअारएनका बीचमा रहेर एजेण्डा तय गर्नुपर्ने अवस्था रहेकोमा जोड दिए । ‘हरेक दिन भित्रिरहेका नेपालीहरू जोसँग कुनै कागज छैन, उनीहरूलाइ पनि एनअारएनले खोजी गर्नुपर्छ,’ उनले भने ।  

 

एनअारएन अन्तर्राष्ट्रय समितिका उपाध्यक्ष कुमार पन्तले हरेक देशमा छरिएर रहेका र हरेक भाषा बोल्ने नेपालीलाइ समेटेर जानुपर्ने अवस्था रहेको बताए ।   

कार्यक्रममा इनिस शहरकी मेयर एन्जिलिन जुनिमेन, नेपाली राजदूत अर्जुनकुमार कार्की, नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरूङ, एनअारएन अाइसीसी अमेरिकाका सोनामा लामा, नेपाली जनसम्पर्क समितिका अध्यक्ष अानन्द विष्ट, डा. यादव पण्डित लगायतले मन्तव्य व्यक्त गरेका थिए । त्यस अवसरमा अायोजकका तर्फबाट स्वागत गर्दै एनअारएन अमेरिकाका उपाध्यक्ष राम सी पोखरेलले नेपालीका साझा मुद्दा वकालत गर्न र सवल सक्षम बनाउन साधारण सभा सफल हुने बताएका थिए ।   

पोखरेलले ड्यालस नेपालीहरूका लागि अाकर्षक गन्तव्य हुँदै गएकाे र लगानीका लागि सबैभन्दा सुरक्षित अनि सहज क्षेत्र भएकाे पनि उल्लेख गरे ।  

एक दिने सम्मेलनकाे क्रममा विगतका कार्यहरूका समिक्षा र अागामी कार्यकालको लागि  योजना बनाउने लक्ष रहेको छ ।   

कार्यक्रममा एनअारएन अमेरिकाका अध्यक्ष डा. केशब पाैडेलले डेढ वर्षको अवधिमा नेपाली समुदायका लागि धेरै कार्यहरू गरेकाे चर्चा गरेका थिए ।   

उद्घाटनका अवसरमा एनअारएन टेक्सस च्याप्टर अध्यक्ष उत्तम लामिछाने, नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछाने, एनअारएन अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जिसी, नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष भोला अाचार्य, एनअारएन कोरियाका अध्यक्ष राजु क्षेत्री लगायतले मन्तव्य व्यक्त गरेका थिए ।  

 

कार्यक्रममा एनअारएन मिचिगन च्याप्टरका तर्फबाट गोरखामा निर्माणाधिन वस्ती विकासका लागि चारहजार तीनसय डलर एनअारएनका उपाध्यक्ष कुमार पन्तलाइ हस्तान्तरण गरिएको थियो ।   

 

मितिः जनवरी १४, २०१७ 

 विकास राज न्यौपाने 

प्रतिक्रिया