आइतबार, जेठ ३० २०७८
काठमाडौं २३:३६
वासिङटन डिसी 13:51

३३ किलो सुन काण्डमा अर्थमन्त्रीको संलग्नताबारे नयाँ खुलासा (हेर्नुस् भिडियो)

इनेप्लिज २०७३ माघ २ गते १५:१६ मा प्रकाशित

काठमाडौं, १ माघ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समातेको ३३ किलो सुन प्रकरणमा उपप्रधान तथा अर्थमन्त्री कृष्ण महराको संलग्नताबारे नयाँ खुलासा भएको छ ।

यसको खुलासा मन्त्री महरा स्वयंले पोखरामा पुगेर गर्नुभएको हो । संगठित अपराध र त्यस्तो अपराधको आर्जन तथा सम्पत्ति शुद्धीकरणबारे अर्थ मन्त्रालयले शुक्रबार पोखरामा आयोजना गरेको अन्तक्रियामा अर्थमन्त्री महराले सुन तस्करीमा ठूला माछाहरु रहेको र आफूहरुचाहिँ भुरामात्रै भएको खुलासा गर्नुभयो ।

‘केही दिनअघिको सुन तस्करीबारे कुरा आ’छ, सुन्नभा होला,’ उहाँले भन्नुभयो- ‘मेरो नामै सुन तस्करीमा जोडेर आछ । जुन सुन तस्करी अहिले मैले सबै डिटेलमा भन्न चाहदिनँ, धेरै ठूला माछाहरु छन् यसमा । त्यो समय क्रममा बाहिर आउँछ । हामी त भुरेभारेमात्र हौं ।’

अवैध रुपमा दुबईबाट तस्करी गरी ल्याइएको १५ करोड रुपैयाँ मूल्यको ३३ किलो सुन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पुस २१ गते विमानस्थल भन्सार बाहिरबाट समातेको थियो । सुनसँगै तीन जना भरियालाई नियन्त्रणमा लिइएको थियो ।

साथै घटनाको अनुसन्धानका क्रममा विमानस्थल भन्सार धेरै कर्मचारी हटाइएका थिए भने दुई अधिकृतलाई पक्राउ गरिएको छ ।

हेर्नुस् भिडियोः

प्रतिक्रिया