नेपाली चेली तेरिया मगर पुन भारतीय झलक दिख्ला जा सिजन सात को अन्तिम चरणमा छनौट

इनेप्लिज २०७३ माघ २ गते १३:४१ मा प्रकाशित

गत शनिबार जनवरी १४ तारिखमा भएको अत्यन्तै प्रतिस्पर्धा रहेको भारतीय मनोरंजन कार्यक्रम झलक दिख्ला जा सिजन ७ को पार गर्दै अन्तिम तीनमा पुग्न सफल भएकी छिन् l

उक्त कार्यक्रममा सेमी फाइनल (अर्ध अन्तिम चरण )मा ५ जना जोडी रहेकोमा ब्राभो तथा भावना को प्रस्तुतिमा ब्राभो आफ्नो निजि कारणले प्रतिस्प्रद्धा छोड्ने भएकोले अन्तिम चरणको लागि उत्कृष्ट ४ मध्ये मा पनि सर्बोकृष्ट प्रस्तुति देखाउदै तेरिया मगर सबै भन्दा पहिला अन्तिम चरणमा पुगेकी छिन् l

अन्तिम चरणमा पुग्नेहरुमा प्रथम तेरिया मगर ,दोश्रो शान्तनु तथा तेश्रोमा सलमान पुगेका छन् l र ,उक्त अन्तिम चरण बाट सिद्धार्थ तथा वैष्णवि बाहिरिएका छन् l

अन्तिम चरण को प्रतिस्पर्धा आगामी जनवरी २१ तारिखमा हुने छ भने बलिवुड का नायक ऋतिक रोशन आउने भएका छन् l तेरिया तथा अर्यानले अभि मुझे कहीं नामक अग्निपथ को गीतमा नृत्य प्रस्तुति गरेका थिए l निर्णायक ३ जना मध्ये कै करनले आफु निकै भाबुक भएको र शब्द नै छैन भनि टिप्पणी गरेका थिए l अर्का निर्णायक फराहले आँशु आएको टिप्पणी गर्दै यो नृत्यले हृदय छोएको बताएकी थिइन् l

निर्णायक गणेशले तेरिया तिमि आश्चर्य जनक छौ भनेका थिए भने बलिवुडकि नायिका ज्याक्लिनले अहिले सम्म कै उत्कृष्ट नृत्य भनि अति सुन्दर भन्दै आफु भाबुक भएको टिप्पणी गरेकी थिइन् l चार जना निर्णायक हरुबाट १० मा १० गरि ४० मा ४० अङ्क (सय मा सय )अङ्क प्राप्त गरेकी थिइन् l र अन्तिम चरणको मिश्रित नृत्य मा पनि अति उत्कृष्ट प्रस्तुति देखाउदै अन्तिम चरणमा तेरिया मगर पुगेकी छिन् l

तेरिया कि आमाले सबै निर्णायक लाई नेपाल बाट लगेको ढाका को टोपी लगाई दिएकी थिइन् l

प्रतिक्रिया