आइतबार, असार ६ २०७८
काठमाडौं ०२:२७
वासिङटन डिसी 16:42

ट्रंपको सपथ ग्रहणको भाषण स्टेफेन मिलरले धमाधम लेख्दै

इनेप्लिज २०७३ माघ १ गते ४:१८ मा प्रकाशित

अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रंप धारा प्रवाह भाषण गर्न उस्ताद छन l कतिको प्रभावकारी बोल्दछन भन्ने बिषय अलग्गै हो l बर्षौ देखि हामीले उनका भाषण सुनी रहेका छौ l ट्रंपका निर्वाचन प्रचार प्रसार अभियानका भाषण रचयिता समेत रहेका स्टेफेन मिलरलाई दिइएको छ l र ,उनि जोडतोडका साथ रचना गरि रहेका छन l र आगामी उद्घाटन समारोहको लागि मिलरलाई जिम्मा दिएको जानकारी जेसन मिलरले पहिला नै दिएका थिए l

विश्वले जनवरी २० तारिख भाषण सुन्ने हुनाले राष्ट्रिय तथा अन्तर राष्ट्रिय बिषय वस्तुलाई समेत् समेट्ने हुनाले गम्भीरता पूर्वक यस्मा मिलर लागेका छन l स्टेफेन ट्रंप का सुरु देखि नै भाषण लेख्ने रचनाकार हुन् l उनले लेखेको भाषण नै ट्रंपले उम्मेदवारीको अनुमोदन हुने दिन रिपब्लिकन राष्ट्रिय सम्मेलनमा बोलेका थिए l  त्यो भाषण निकै बिबादस्पद भएको र ट्रंप ले किन यस्तो बिबादास्पद भाषण गरे भनेर निकै नकारात्मक टिका टिप्पणी आएको थियो l

मिलर अलाबामा सिनेटर जेफ सेसन का कर्मचारी थिए पछि ट्रंपले नियुक्त गरेका थिए l भाषण मूलत शैक्षिक पद्धति ,आधारभूत संरचना ,सिमा सुरक्षा ,राज्यका शैनिक ,अर्थतन्त्र ,बाहिरी श्रोतलाइ ठेक्कामा जागिर दिने आई ईत्यादी बिषयमा ट्रंपले बोल्ने भनि ट्रंपका प्रवक्ताले जनाएका छन l

को हुन् स्टेफेन मिलर ?

३१ बर्षिय मिलर रिपब्लिकन दल संग सम्बन्धित छन भने उनका माता पिता डेमोक्रेटिक दल का हुन् l क्यालिफोर्निया निवासी मिलर ड्युक बिश्व बिद्यालयबाट अध्ययन गरेका हुन् l उनि ट्रंप चुनाब अभियानका वरिष्ठ नीति सल्लाहाकार थिए भने अहिले राष्ट्रपतिका वरिष्ठ सल्लाहाकारमा ट्रंपले नियुक्त गरेका छन् l

उनलाई गत डिसेम्बर २६ तारिखमा मात्र जनवरी २० तारिखको लागि निर्वाचित ट्रंप को लागि भाषण लेख्ने जिम्मेबार दिइएको थियो l

प्रतिक्रिया