जीवनका रङ्गहरु ( Colors of Life)

इनेप्लिज २०७३ माघ १ गते २:०२ मा प्रकाशित

जीवनका रङ्गहरु ( Colors of Life) अमेरिकाको विभिन्न राज्यहरुमा बसोबास गरि रहनु भएका नेपालीमूलका अमेरिकी जोडी ( Couple)सँग गरिएको कुराकानीका आधारमा तयार पारिएको प्रस्तुती हो l यो प्रस्तुतीमा हामी जीवनलाई समेट्ने विभिन्न रङ्हरु, आयामहरु अनी जीवनलाई हेर्ने सही दृष्टिकोणका बारेमा कुराकानी गर्नेछौ l यसै शृंखला अन्तर्गत आज हामी समक्ष हुनुहुन्छ – नर्थ क्यरोलाइना राज्यमा बसोबास गर्नु हुने दिपेन्द्र लामिछाने एवम् डा. अर्चना लामिछाने l

प्रस्तुतकर्ता सुवास ढकाल :

प्रस्तुत छ ,वहाँहरुको विचारमा के हुन त जीवनका रङ्हरु –

१. जीवन (Life) के हो ?
-राम्रो कर्म गर्ने अवसर

२. खुशी (Happiness) के हो ?
-निरन्तर रहिरहने मानसिक सन्तुस्टि

३. कर्तब्य (Responsibility) के हो ?
– आफ्नो विचार र कार्यको स्वामित्व लिदै जीवन चलाउने भूमिका

४. सम्बन्ध (Relationship) के हो ?
– प्रेम, विश्वास र समझदारिताको संगम

५. आत्मियता (Intimacy) के हो ?
– मनको सम्बन्ध जसमा एक अर्काको पहिचान र कमी कमजोरीलाई स्विकारिन्छ

आजको शृंखलामा यतिनै | अर्को पटक फेरी अर्को जोडीलाई लिएर आउने छौ l यतिन्जेलका लागि विश्राम l सबैको जीवनमा खुशीका रङ्हरु, भरिउन, सफलताले शिखर चुमुन अनी आत्मा बिश्वासले गहिराइ नछोडुन, सबैमा हार्दिक हार्दिक शुभकामना l प्रतिक्षा गर्नुहोस् ,अर्को पालो तपाईंको हुनसक्छ l

प्रतिक्रिया