आइतबार, जेठ ३० २०७८
काठमाडौं ०१:४७
वासिङटन डिसी 16:02

बाल्टीमोरबासीको सपना “सामुदायिक भवन”

इनेप्लिज २०७३ पुष २९ गते २२:५२ मा प्रकाशित

 

बाना बाल्टीमोरको पुरानो संस्था ! सामुदायिक भवन बनाउने बारे नेतृत्व बर्गमा कुरा र बाल्टीमोरबासीलाई देखाएको सपना पनि धेरै नै भै सकेको थियो । NRN Maryland Chapter स्थापनाकाल देखि नै केहि लोकप्रिय कार्यहरूका गरे संगै सामुदायिक भवन बनाउने काम अघि वढाउन टाउनहल मिटिड गरेको थियो । उक्त मिटिड फरक धारणा र केहि कडै छलफल भए पनि सबैको आसय BANA र NRN मिलेरै बनाउनु पर्छ भन्ने नै थियो ।
के होला र कसरी अगाडी बढ्ला भन्ने द्दिबिधा र भ्रम चिर्दै NRN र BANA का दुबै अध्यक्ष्यले संयुक्त बक्त्तब्य निकाली सबै संघ संस्थाहरूलाई समेटेर लैजाने प्रतिबद्धता ब्यक्त गरिएको छ । यस नया बर्ष र नया बक्त्तब्य संगै बाल्टीमोरको सामुदायिक भवनको नया टुसा पलाएको छ । बाना द्दारा महायज्ञमा कबोल गरिएको रक़म जोडतोडका साथ उठाउने कार्य अगाडी बढाइएको छ भने NRN ले पनि आफ्नो आर्थिक संकलन गर्ने भित्री कार्ययोजना तयार पार्दै छ । यसरी सबै संस्थाहरूलाई मिलेर पर्छ र जानुलाई जनसमुदायले सकारात्मक रूपले लिएको छ ।
एकातिर केहि उत्साही युवाहरूले बाल्टीमोरमा मन्दिर बनाउने कार्य अन्तिम चरणमा पुर्याइसकेका छन । स्वस्फुर्त रूपमा जनसमुदायले यस कार्यलाई सहयोग गरिरहेकाछन । मेरिल्यान्ड मै प्रथम नेपाली मन्दिर बन्न लागेकोमा सबै निक्कै उत्साहित छन ।
यसरी राम्रो काम गरे जनसमुदायबाट सहयोग पाइदो रहेछ भन्ने उदारणिय शिक्षा दिई संस्थाहरूको आखा खुलाई दिएको छ । अब सबै नेतृत्व बर्गले आ आफ्नो ब्यक्तिगत स्वार्थ र महात्वाकाक्षालाई थाती राखेर सबै समुदायलाई साथ लिएर गएमा सामुदायिक भवनको हाम्रो सपना पुरा हुन धेरै दिन लाग्ने छैन ।
एकातिर मन्दिर अर्कोतिर सामुदायिक भवन दुबै बन्ने कुराले बाल्टीमोरबासी सबै निक्कै उत्साहित देखिन्छन । सबै संघ संस्थाहरू एक भएर काम गर्नु नै आजको आवस्यकता हो ।
यस आपसमा एक अर्काको खुट्टा तान्ने प्रबृतीबाट पर हटेर आपसी पारस्परिक सहयोग र सद्भाव क़ायम राख्न सकोस । असल र राम्रो कामको लागि स्वच्छ्य प्रतिस्प्रर्धा हुनु राम्रो कुरा नै मान्न सकिन्छ । रातारात चुनावी रणनितीको लागि भएको गठबन्धन भन्ने शंखा गर्नेहरू लाई चिर्दै पारदर्शिता र एकताको गाँठों बलियों भएर जाओस !
हेर्दै जाऊँ नेतृत्व बर्गको एकता र सफलताको कडि अहंमता, गफ र कुराले होइन कामले देखाउन सकोस । हाम्रोलाई राम्रो नभै राम्रोलाई राम्रो भन्ने हिम्मत र सोच्ने मानसिकताको बिकास सबैमा हुन सकोस । सकारात्मक सोच राख्नेहरूको लागि मन्दिर र भवन दुबै हातमा लड्डु नै हो । २०१७ को आगमन संगै हामी मेरिल्यान्डबासीको सुनौलो भबिष्य कोरिन सफलता मिलोस !
सबैलाई शुभकामना !!!

प्रतिक्रिया