तामाङ सोसाईटी अफ लसएन्जल्समा टेक लामा अध्यक्ष पदमा निर्वाचित

इनेप्लिज २०७३ पुष २८ गते २३:२८ मा प्रकाशित

गत जनवरी ९ तारिख क्यालिफोर्नियामा तामाङ सोसाईटी अफ लसएन्जल्सको गठन गरिएको छ l क्यालिफोर्निया लसएन्जल्सबासी तामाङहरुले बृहत छलफल गरि सम्पुर्ण तामाङहरु एकताको साथ आफ्नो धर्म ,संस्कृति र रितिरिवाजको जगेर्ना गर्ने र आफ्नो कला संस्कृतिको संरक्षण गर्ने अभिप्रायले तामाङ सोसाईटी अफ लसएन्जल्सको गठन गरिएको छ ।

उक्त सम्पन्न भेलाले अध्यक्ष पदमा टेक लामा ,वरिष्ठ उपाध्यक्षमा राम तामाङ, द्वितीय उपाध्यक्षमा बलराम तामाङ ,महाचिवमा डोल्मा लामा, सचिवमा जीवन तामाङ र कोषाध्यक्षमा विन्दु तामाङ र सदस्यहरुमा कमल थिङ ,दीपक लामा ,तीर्थ घिसीङ र सुमिधा तामाङ सहित पछि १ जना सदस्य थप गर्ने गरि सर्वसम्मत ढंगले ११ जनाको कार्यसमिति चयन गरिएको छ ।

समितिले हाल लसएन्जल्समा थोरै संख्यामा रहेका तामाङहरुलाई समेट्दै तामाङ समुदायको विकास गराउने र स्थानीय स्तरमा रहेका सम्पुर्ण संघ संस्था विच सहकार्य गरि अगाढी बढ्ने प्रतिबध्दता महासचिव डोल्मा लामाले जानकारी गराएकी छिन् l

प्रतिक्रिया