एनआरएन मेरिल्याण्ड र बानाको संयुक्त बिज्ञप्ती

इनेप्लिज २०७३ पुष २७ गते २२:०७ मा प्रकाशित

आदरणिय मेरिल्याण्डबासी नेपाली जनसमुदायहरु ,

जबसमाजको आकार ठुलो हुन्छ त्यसकालागी आबस्यकताहरु पनि बडदै जादारहेछन । अर्को अर्थमा भन्दा ”सिमित साधन असीमित आब्स्यकता” नै मानब समाजमा धुर्व सत्य हो । समयको परिवर्तनका साथै जनसंख्या पनि बड्दै जानु अर्को अन्तिम सत्य हो । मेरिल्याण्ड राज्यमा प्रवासि नेपालीको जन संख्या बड्दै गैरहेको पृष्ठभुमिमा हाम्रा बिच समुदायको संरक्षण, समंबर्धन र त्यसको बिकासको लागी अनेक चुनौतिहरु खड़ा भैरहेका छन र ती चुनौतिहरुको सामना समुदाय भित्रकै सामाजिक संघ संस्थाहरुले गर्नुपर्ने ज़िम्मेवारी हो र सामाजिक संघसंथाहरु पनि त्यहि प्रयोजनको लागि स्थापना भएका हुन्छन।

भन्न खोजिएको के हो भने मेरिल्याण्डको यो बृहत् नेपाली समुदायको लागी अहिलेको तत्कालीन अबस्थामा हाम्रो समुदायको लागि एउटा सामुदायिक घर (community center) अतिआबस्यक परेको छ । उक्त सामुदायिक भवन निर्माण गर्ने Baltimore Association of Nepalies in America ( BANA ) को पहिल्यै देखिकै एेजेन्डा थियो भने NRN -Maryland को स्थापना काल देखिकै एजेण्डा थियो । त्यसैले एउटै समुदायमा दुई भिन्दा भिन्दै सामाजिक संस्थाको एजेन्डा एउटै भएको र जनसामुदायको पनि एनआरएन मेरिल्यान्ड र बाना फुटेर होईन संयुक्त रुपमा जुटेर सामुदायिक भवन  निर्माण गर्नुपर्दछ भन्ने चाहना भएको हुनाले हामिले मेरिल्याण्डका अरु संघ,संस्थाहरु संग समेत सहकार्य गर्दै संयुक्त रुपमा मिलेरै एउटा सामुदायिक भवन निर्माण गर्ने निर्णय गरेको बारे यहॉहरुलाई सहर्ष जानकारि गराउदछौ ।

समाजको हित अनुकुल संघ सस्थाहरुको उद्देश्य हुनुपर्दछ र समाजले नै सामाजिक संस्थाहरुलाई निर्देशित गर्दछ भन्ने हाम्रो बुझाई हो । त्यसैले उक्त पबित्र सामुदायिक भवन निर्माणको लागी बिस्तृत छलफल गरि सबै स्थानिय संघसंस्थाहरु तथा समाजसेवी नेपाली दाजुभाई  तथा दिदीबहिनी संग हातेमालो गर्दै  पबित्र सामुदायिक भवन निर्माण गर्न  अभियानको शुरुवातको लागि बिशेष छलफल गर्नु पर्ने भएकोहुनाले निम्न स्थान ,मिती र समयमा उपस्थित भैदिनुहुन हार्दीक अनुरोध गर्दछौ । 

अन्त्यमा सामुदायिक घर निर्माण गर्ने हाम्रो यस्तो पबित्र उद्देश्यमा यहॉहरुको हरतरहको साथ र सहयोग अबस्य रहनेछ भन्ने हामिले बिश्वास गरेका छौ । धन्यबाद । 

जेदु पोखरेल                             कुलमणि आचार्य   

अध्यक्ष                                         अध्यक्ष                                                                                  NRNA-Maryland                Baltimore Association                             

Chapter                           Of Nepalese in America         

                                              (BANA)

कार्यक्रम बिवरण :-

मिति :-January 18, 2017 (Wednesday) 

स्थान :- Parker
11131 Pulaski Hwy, White Marsh, MD 21162

समय:- 7 PM 

प्रतिक्रिया