शुक्रबार, असार ४ २०७८
काठमाडौं ०८:३२
वासिङटन डिसी 22:47

हिमपातमा न्युयोर्कमा बिना पेन्ट्स(सुरुवाल )सुरुङ्ग मार्ग हिड्ने दिवस यसरी मनाइयो

इनेप्लिज २०७३ पुष २४ गते २३:०० मा प्रकाशित

 

सुन्दा आश्चर्य लाग्न सक्छ ? हाम्रो समाजले यस्ता हर्कत र प्रवृतिलाई सरल रुपले नपचाउन पनि सक्छ ? अझ हामी जस्ता देशबाट आएकालाई असहज महसुस हुन्छ l लाज र आफ्ना परिवार साथ कुरा गर्न पनि निकै कठिन हुन्छ l यस्तै असहज र आश्चर्य कै बीचमा न्युयोर्कमा बिना सुरुवाल (पेन्ट्स )सुरुङ्ग मार्ग हिड्ने दिवस मनाएको समाचार छ l

सन् २००२ देखि न्युयोर्कबाट प्रारम्भ भएको बिना सुरुवाल (पेन्ट्स ) बाट सुरुङ्ग मार्ग हिड्ने दिवस जनवरी ८ लाई मानिन्छ l यो विश्व ब्यापी रुपमा बिस्तारै फैलदै छ l न्युयोर्कमा सुरुङ्ग मार्गबाट संचालन हुने सवारी साधन डिब्बे गाडी (रेल) सवारी गर्ने जो कोहि पनि बिना सुरुवाल (पेन्ट्स )हिडेका छन् l

 

फ्रान्स ,चेक रिपब्लिक ,होल्याण्ड आदि देशहरुमा सुन्य तापक्रम भन्दा मुनिको चिसोमा पनि युवा युवती तथा अन्य कुनै पनि उमेरका सहभागीहरु बिना सुरुवाल (पेन्ट्स )सुरुङ्ग मार्ग हिड्नेको ताती लागेको छ l

यसको लागि न्युयोर्कका आयोजकले सामाजिक संजालबाट नै सहभागीको लागि अनुरोध गरेका थिए l जनवरी ८ तारिख ३ बजे देखि बिना पेन्ट्स सुरुङ्ग बाटो बाट हिड्ने र ५ बजे समाप्त भनि सूचना समेत जारी गरेका थिए l

न्युयोर्क शहरमा आधारित कमेडी कलेक्टिवले सन् २००२ मा सवैतिर सुधार्नु ( इम्प्रुभ एभ्रीव्हेयर )भन्ने नारा सहित गरेको यो अभियान फिलाडेल्फिया तथा अन्य शहरमा सुरु भएको छ l हास्य व्यंग्य समुह अनुसार सुरुवाल झार्नु मूर्खतापन अमेरिकाका बिभिन्न शहर तथा विश्वमा हुने बताएको छ l

यो कार्यक्रम पूर्ण वस्त्रहिन हैन तर सामान्य रुपमा पेन्ट्स /सुरुवाल अन्य मुनि लगाउने वस्त्र खसाल्ने मात्र भनेका हौ भनि आयोजकले भनेका छन् l र अन्य कुराहरु प्रदर्शन नहोस भन्ने समेत आयोजकले साबधान गराएका छन l सहभागिताले आफ्नो स्वयम् जोखिम लिनु पर्ने समेत उल्लेख गरेका छन् l र सहभागीले कुनै प्रतिक्रिया तथा हाउभाउ नगर्नु र अरु दिन जस्तै सामान्य हुनु भनि निर्देश समेत गरेका छन् l सहभागी हुन् २१ बर्ष पुगेको र परिचय पत्र समेत हुनु लेखिएको छ l

हिमपातले असर पारेको न्युयोर्कमा तोकेको स्थानमा पूर्ण वस्त्रको साथ सहभागी हुन् चाहनेलाई उपस्थितिको लागि सूचना टाँस गरिएको छ l

तस्बिर तथा समाचार : एपी /पिटर डेविड जोसेकको सहयोगमा

प्रतिक्रिया