सिकागोमा अपहरण गरि यातना दिदै गरेको प्रतक्ष्य प्रसारण गर्ने ४ किशोर किशोरी अपहरणकारीहरु पक्राउ

इनेप्लिज २०७३ पुष २३ गते १३:३५ मा प्रकाशित

 

अमेरिकाको सिकागोमा गत जनवरी ५ तारिख अनुहार किताब (फेस बुक )मार्फत आफूले अपहरण गरेका लाई यातना दिई रहेको अवस्थाको प्रतक्ष्य प्रसारणमा संलग्न रहेका ४ किशोर किशोरी अपहरणकारीहरुलाई प्रहरीले पक्राउ गरेको छ l

किशोरीले झन्डै आधा घण्टा सम्म किशोरलाई अरु तीन जनाको साथमा पिट्दै गरेको र जातीय उपहास गरेका लाई सिकागो प्रहरीले विभत्स आक्रमणकारीको संज्ञा दिदै हिरासतमा लिइएको सिकागो प्रहरीले जनाएको छ l

उक्त निराशाजनक श्रब्य दृश्य (भिडियो )मा पुरुषलाई बाधिएको ,मुख छोपिएको र एउटा कोठाको कुनामा राखिएको देखिएको छ l आक्रमणकारीहरु खिल्ली उडाउदै हास्दै डोनाल्ड ट्रंप तथा अमेरिकन स्वेतलाई तथानाम गालि गरेको देखिएको छ l हातखुट्टाले पिटेको देखिन्छ भने चक्कुले तालुमा काटेको समेत देखिएको छ l

अपहरणकारीहरुमा १८ बर्षिय जोर्डन हिल ,१८ बर्षिय टेसफाये कुपर ,१८ बर्षिय ब्रिटनी कोभिङ्गटन तथा २४ बर्षिय तानिशिया कोभिङ्गटन रहेकी छिन् l यी सबै ४ जना लाई घृणापूर्ण अपराध ,घोर अपराध निकृष्ट अपहरण , निकृष्ट अवैध नियन्त्रण तथा अति निकृष्ट कुटपिट तथा घातक हतियार प्रयोग गरेको संलग्नमा अभियोग लगाइएको छ l

हिल ,कुपर तथा ब्रिटनी कोभिङ्गटनलाई आवासीय चोरीको मुद्दा लगाइने छ भने हिल लाई अर्काको सवारी साधन समेत चोरी गरेको अभियोग लगाइने कुरा सीएनएन मा समाचार छ l

उक्त प्रत्यक्ष प्रशारण गरेको श्रब्य दृश्यले अमेरिकाका नागरिकलाई निस्तब्ध बनाई दिएको छ किनभने निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रंप तथा स्वेत जातिलाई अपहरणकारीले तोकेर गाली गलौच दिएका छन् l

प्रतिक्रिया