फ्लोरिडा विमानस्थलमा गोली चल्यो ,पाँच को मृत्यु र दर्जनौ घाइते

इनेप्लिज २०७३ पुष २३ गते १:०० मा प्रकाशित

 

जनवरी ६ ,अमेरिकाको फ्लोरिडा राज्यको फोर्ट लाउडरडेल हलिवुड अन्तरराष्ट्रिय विमानस्थलमा दिउसो शुक्रबार एक्कासि यात्रुले गोलि चलाउदा विमानस्थल मै पाँच जनाको मृत्यु भएको छ । बिमान बाट उत्रेका यात्रुले समान वुझ्ने स्थानमा झोला बुझी अचानक अन्धाधुन्ध गोली चलाउदा भागदौड मच्चिएको थियो l अहिले सम्म ८ जना घाइते भएको समाचार छ l दिउसो १ बज्नु अगाडी गोलि चलेको थियो l

उनले गोलि चलाए पछि आफ्नो हतियार भुईमा फ्याकी आफु लम्पसार परेर सुतेको प्रत्यक्ष दर्शीले बताएका छन l बन्धुकधारी २६ बर्षिय ईस्टेबान सानटियेगो भएको परिचय खुलेको छ l उनि अलास्का सैनिक राष्ट्रिय सुरक्षाका पूर्व सैनिक तथा ईराकमा पनि काम गरेको बुझिएको छ l र उनलाई हिरासतमा लिइएको छ भने उनका भाइका अनुसार उनले हालसालै मनो बैज्ञानिक उपचार पनि गरेको बताएका छन् l

उनले आक्रमण गरे पछि भाग दौड को साथै कोलाहल मच्चिएको थियो l र कोहि कुर्सि मुनि र कोहि कराउदै ढोका बाहिर भाग्ने कोसिस गरेका थिए l  गोलि चलाउनुको मुख्य उद्देश्य बारेमा अनुसन्धान भै रहेको अधिकारीहरुले बताएका छन् l यस बिषयमा राष्ट्रपति ओबामालाई जानकारी सुरक्षा अधिकारीले समेत जानकारी गराएको व्हाइट हाउसले जनाएको छ l अमेरिकामा हवाई जहाज यात्रुलाई बन्दुक साथमा लान पाउने बैधानिकता प्राप्त छ l तर हातहतियार बन्दुक जाच गरिएको झोलामा राख्नु पर्ने र हातमा लिएर लान पाइदैन l

बन्धुकधारी सानटियेगो आफ्नो झोला बुझेर शौचालय गएका थिए l गोलि बन्दुकमा भरेर बाहिर निक्लिने बित्तिकै बन्दुक चलाउन थालेको जानकारी ब्रोवार्ड काउन्टीका आयुक्त चिप लामार्काले दिएको समाचार सीएनएन मा छ l

यिनी क्यानाडा बाट आएको भनिएता पनि संदिग्ध व्यक्ति क्यानडा हवाई जहाज बाट नआई अलास्का बाट आएको पत्ता लागेको छ l उनले अन्तिम स्थान (टर मिनल ) २ मा आक्रमण गरेका थिए जहाँ डेल्टा हवाई जहाज र हवाई जहाज क्यानडाले मात्र सेवा गर्दछन l

प्रतिक्रिया