शुक्रबार, असार ४ २०७८
काठमाडौं ०४:५६
वासिङटन डिसी 19:11

मधेस अलग गर्ने ‘ग्राण्ड डिजाइन’ जनताले छलफल गर्न दिँदैनन्ः चित्रबहादुर केसी

इनेप्लिज २०७३ पुष २२ गते १०:५७ मा प्रकाशित

काठमाडौं, २२ पुस । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देश टुक्राउने प्रस्तावलाई संसदमा छलफल गर्न नदिने बताउनुभएको छ ।

संविधान संशोधनको विरोधमा विपक्षी ९ दलले राजधानीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै केसीले दुई नम्बरबाट अलग गर्ने, पाँच नम्बरबाट अलग गर्ने, भोलिका दिनमा एक नम्बरबाट पनि तराईका जिल्ला अलग गर्ने र अन्तिममा मधेस नै अलग गर्ने ग्राण्ड डिजाइन अहिले बनिरहेको भन्दै यस्तो प्रस्तावलाई कुनै हालतमा जनताले छलफल गर्न नदिने बताउनुभयो ।

उहाँले भन्नुभयो- ‘सत्ताधारीले बुझे हुन्छ, एक एक गर्दै देशमा बिभाजन गर्ने ‘ग्राण्ड डिजाइन’ जनताले सफल हुन दिदैनन् ।

उहाँले भारतलाई हस्तक्षेप बन्द गर्न आग्रह गर्दै ईशारामा चल्ने केही मुठ्ठीभर लेन्डुप दोर्जेलाई जनताले चिनिसकेको समेत बताउनुभयो ।

९० प्रतिशत जनताले बनाएको संविधान ९ प्रतिशतले विरोध गर्ने कुरा संसारमा कही नभएको भन्दै उहाँले नेपालको अखण्डता जोगाउने अभियान हिड्न सबैलाई आग्रह गर्नुभयो ।

भारतीय जनतासँग हाम्रो कुनै टक्कर होइन् भन्दै उहाँले भारतीय शासकको हेपाहा प्रवृतिविरुद्ध हाम्रो लडाइ हो भन्नुभयो ।

प्रतिक्रिया