ट्रम्प भन्छन – टोयोटाले मेक्सिकोमा फ्याक्ट्री राखेमा ठुलो कर बढाईने छ

इनेप्लिज २०७३ पुष २१ गते २२:४३ मा प्रकाशित

ईनेप्लिज , वासिन्टन डिसी,अमेरिकाका नव-निर्बाचित राष्ट्रपती डोनाल्ड ले बिहिबार जारी गरेको एक ट्वीट मा मेक्सिको मा एक अरब डलरको फ्याक्ट्री निर्माण गर्ने टोयोटाको योजनाको कडा आलोचना गर्दै आयातित टोयोटा कोरोला मा कर लगाउने चेतावनी दिएका छन । जापानी अटो निर्माता टोयोटा कम्पनी का अध्यक्ष अकिओ टोयोडाले नयाँ अमेरिकि प्रशासन सँग काम गर्ने इच्छा जाहेर गरेको केहि घन्टा पस्चात टोयोटाले बजा, मेक्सिकोमा निर्माण गर्ने भनेको फ्याक्ट्री को योजना का बारेमा डोनाल्ड ट्रम्प ले चेतावनी दिएका हुन ।

नयाँ फ्याक्ट्री स्थापनाका लागी गत अप्रिल २०१५ मा टोयोटाले घोषणा गरेको थोयो । लगभग २ लाख कोरोला कम्प्याक्ट कारहरु एक सालमा निर्माण गरी उत्तर अमेरिकी बजारमा सन २०१९ सम्म बिक्री का लागी ल्याईने लक्ष टोयोटाको थियो । कैम्ब्रिज, ओंटारियो स्थित कोरोलाको बर्तमान उत्पादन प्लान्ट लाई मेक्सिको मा सारिने योजना रहेको भएता पनि कोरोला कारहरु मिसिसिपी स्थित टोयोटा को साबिक फ्याक्ट्रीमा उत्पादन जारी रहने टोयोटाले जनाएको छ । अमेरिकामा सन २०१६ मा ३ लाख ६० हजार टोयोटा कोरोला बिक्री भएको र होन्डा सिबिक पछीको सबै भन्दा बढी बिक्री हुने कम्प्याक्ट कार हो ।

ट्रम्प प्रशासनका साथ सहयोग र समान्वय गर्दै उपभोक्ताहरु र मोटर उद्योग ब्यबसायी को सर्वोत्तम हित मा सेवा प्रदान गर्न टोयोटा इच्छुक रहेको ब्यहोरा कंपनीले मिडिया लाई जानकारी गराएको छ । ट्विटर मा ट्रम्प ले ब्यक्त गरेको चेतावनी पस्चात टोयोटाले उक्त जानकारी प्रेस मार्फत जारी गरेको हो।

प्रतिक्रिया