सोमबार, असार ७ २०७८
काठमाडौं ०४:१६
वासिङटन डिसी 18:31

नेदरल्याण्ड्समा राष्टिय एकता तथा मेलमिलाप दिवस मनाइयो

इनेप्लिज २०७३ पुष २० गते १:२८ मा प्रकाशित

unnamed

यही जनाबरी २,तारिखका दिन ४१औं राष्टिय एकता तथा मेलमिलाप दिवस आम्स्टरडाम मा मनाइयो । नेपाली जनसम्पर्क समिती नेदरल्याण्ड्सको आयोजनामा नेदरल्याण्ड्समा रहेका नेपाली संघसंस्था तथा समुदायको समुपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

विपी कोइराला को जननिर्वाचित मन्त्रीपरिषदलाई तत्कालिकन राजा महेन्द्रले निलम्बन गरि एकदलिय पंचायति व्यवस्था लागु गरेका कारण भारतमा निर्वासित भएका थिए । तिसको दशकमा दक्षिण एसियामा भएको विस्तारबादी निती र राजतन्त्रसंगको आन्तिरक द्धन्दका कारण नेपालको राष्टियता संकटमा परेका कारण राष्टिय हितका लागि भन्दै विश्रेश्वर प्रसाद कोइराला राष्टिय एकता तथा मेलमिलापको निती लिएर नेपाल फर्केको स्मरण कार्यक्रममा गरिएको थियो ।
नेपाली जनसंपर्क समितिका संस्थापक अध्यक्ष नारायण आर्चायले प्रमुख अतिथीको आसनबाट बोल्दै विश्रेश्वर प्रसाद कोइरालाको राष्टिय मेलमिलाप तथा एकताको महत्व वर्तमान नेपाली राजनितीमा अझै पनि उत्तिकै महत्वपुुर्ण रहेको बताउनु भयो ।

समितिका अध्यक्ष उत्तम कंडेल को सभापतित्वमा सम्पन्न कार्यक्रममा अग्रेजी नयाँ वर्ष, ल्होसार, उभौली लगायत सवैलाई शभकामना दिदै विपी कोइरालाको मेलमिलापको निति प्रवासमा बस्दा समेत नेपाली समुदायको हितका लागि सवै संग समन्वय तथा सहकार्य गरेर अगाडि बढ्ने बताउनुु भयो ।

15909231 10208607778816507 395234283 o

कार्यक्रममा नेपाली जनसंपर्क समितिका पुुर्व अध्यक्ष ठाकुर शर्मा, गैर आवासीय नेपाली संघका आइसीसी सदस्य श्रीराम कंडेल,गैर आवासिय नेपाली संघ राष्ट्रिय सवान्वय परिषद नेदरल्याण्ड्स का अध्यक्ष हिमाल गुरुङ्,अन्तरस्ट्रीय नेपाली कलाकार समाज का केन्द्रिय अध्यक्ष पुस्प बरुवाल्, ओएनएफका अध्यक्ष प्रेम काजी ( मनु ) गुरुङ , पत्रकार द्रोण रिजाल, नयाँ शक्ति नेपालका प्रतिनिधी हिरण्य ओझा लगायतले राष्टिय एकता तथा मेलमिलाप दिवसका बारेमा आफ्ना भनाईहरु राखेका थिए ।

राष्टिय एकता तथा मेलमिलाप दिवसको उपलक्ष्यमा नेदरल्याण्ड्सको नेपाली समुदायविचको भातृत्वलाई मजबुत बनाउन भलिबल प्रतियोगिता आगामी फेब्रअरीमा गरिने भएको छ ।

संगठनको तर्फबाट सहभागिलाई स्वागत उपाध्यक्ष चन्द्र पौडेलले गरेका थिए ।

प्रतिक्रिया