कलाकार विष्णुभक्त फुयांलको अभिनय गर्दागर्दै निधन

इनेप्लिज २०७३ पुष १९ गते १३:३८ मा प्रकाशित

bishnubhakta-phuyalकाठमाडौं, १९ पुस । वरिष्ठ कालाकार विष्णुभक्त फुयांलको निधन भएको छ ।

रंगकर्मी तथा अभिनेता फुयांलको राष्ट्रिय नाचघरमा नाटकमा अभिनय गर्दागर्दै निधन भएको हो ।उनको हर्टअट्याक भएर निधन भएको आशंका गरिएको छ ।

उनी चर्चित टेलिश्रृखला तितो सत्यमा ‘यो मालो’ गीतमा नाच्दै जवान श्रीमतीको बुढो श्रीमानको भुमिकामा देखिन्थे । यो भुमिकामा उनी निकै चर्चित थिए ।

यसअघि तितो सत्यकै अर्का कालाकार आरपी भट्टराई ‘लादालाम’को निधन भएको थियो ।

प्रतिक्रिया