शनिबार, असार ५ २०७८
काठमाडौं १६:१८
वासिङटन डिसी 06:33

एमाले सांसदलाई पुस २२ का लागि अध्यक्ष ओलीबाट सांसदलाई निर्देशन, अब आन्दोलनलाई देशव्यापी बनाइने

इनेप्लिज २०७३ पुष १९ गते १३:०२ मा प्रकाशित

k|]; rf}tf/L M cGt/ ;+jfb  g]skf -Pdfn]_sf cWoIf s]kL zdf{ cf]nL k|]; rf}tf/L g]kfnn] a'waf/ Pdfn] kf6L{ sfof{no w'Daf/fxLdf u/]sf] cGt/ ;+jfb sfo{qmddf af]Nb} . tl:a/ M z/b zdf{, /f;;

काठमाडौँ, १९ पुस । नेकपा (एमाले)ले संविधान सशोधन प्रस्तावको विरोधमा यही पुस २२ गते हुने आमसभालाई सफल तुल्याउनका लागि सशक्त र प्रभावकारी भूमिका खेल्न सांसदलाई निर्देशन दिएको छ ।व्यवस्थापिका–संसद् भवन, बानेश्वरमा आज बसेको संसदीय दलको बैठकमा दलका नेता केपी शर्मा ओलीले राजधानीको खुलामञ्चमा आयोजना हुने उक्त आमसभामा धेरैभन्दा धेरै जनसहभागिता जुटाउने तयारीमा लाग्न सांसदलाई निर्देशन दिनुभयो ।

एमालेले पार्टी स्थायी समितिको आजको निर्णयबारे सांसदलाई जानकारी दिने उद्देश्यले उक्त बैठक आयोजना गरेको थियो । बैठकमा पार्टी अध्यक्ष ओलीले संविधान संशोधनका विरुद्ध ५ नं प्रदेशमा हुँदै आएको आन्दोलनलाई अरु प्रदेशमा समेत विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

सर्वाेच्च अदालतबाट संविधान संशोधनको प्रस्तावका सम्बन्धमा भएको निर्णयको स्वागत गर्दै बैठकले सरकारलाई संशोधनको प्रस्ताव फिर्ता लिन अनुरोध गर्ने निर्णय गरेको छ । बैठकपछि संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रदेशको सीमाङ्कनका बारेमा एमालेले उठाएको विषयवस्तु, मुद्दा र विचारलाई सर्वाेच्च अदालतले पुष्टि गर्दै सही ठहर गरेको बताउनुभयो ।

सांसद गणेश पहाडीले अदालतबाट संविधान सशोधन विधेयकका सम्बन्धमा आएको निर्णयलाई पार्टीले स्वागत गरेको लगायत समसामयिक विषयमा अध्यक्ष ओलीबाट बैठकमा जानकारी प्रस्तुत भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया