दुर्घटनाप्रति काँग्रेसद्वारा दुःख व्यक्त

इनेप्लिज २०७३ पुष १९ गते १२:१९ मा प्रकाशित

nepali-congress-flagकाठमाडौँ, १९ पुस । नेपाली काँग्रेसले भारतको उत्तराखण्डमा जिप दुर्घटनामा परी एकै परिवारका चार नेपालीसहित ६ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

काँग्रेसले दुर्घटना परी निधन भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँहरुका शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

सो पार्टीले घाइतेको उचित स्वास्थ्य उपचारको व्यवस्थाका लागि सरकारसँग माग गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । उक्त दुर्घटनामा वैतडी शर्माली—२ डोबराका एकै परिवारका चार नेपालीसहित ६ को मृत्यु र सोही परिवारका अन्य चारजना घाइते भएका थिए ।

प्रतिक्रिया