आयोगले मागेभन्दा ३० गुणा बढी आवेदन

इनेप्लिज २०७३ पुष १९ गते १२:१३ मा प्रकाशित

looksewaकाठमाडौँ, १९ पुस । लोकसेवा आयोगले विज्ञापन गरेको निजामती सेवातर्फको राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत)मा अहिलेसम्म मागेको सङ्ख्याभन्दा ३० गुणा बढीले आवेदन फाराम भरेका छन् ।

आयोगले पाँच सय तीन शाखा अधिकृत पदका लागि आवेदन मागेकामा अहिलेसम्म १५ हजारले फाराम भरेको आयोगका दरखास्त व्यवस्थापन केन्द्रका शाखा अधिकृत नारायणप्रसाद गौतमले जानकारी दिनुभयो ।

गौतमका अनुसार आज राति १२ बजेसम्म आयोगले तोेकेको सामान्य दस्तुर र पुस २५ गते राति १२ बजेसम्म दोब्बर दस्तुरमा अनलाइनमार्फत फाराम भर्न पाइने छ ।

आयोगले मङ्सिर २९ गते शाखा अधिकृतका विभिन्न सेवातर्फका लागि दरखास्त आवेदन माग गरेको थियो । आयोगले गत वर्षदेखि अनलाइनमार्फत फाराम भर्न थालेपछि जतिबेला पनि उम्मेदवारले फाराम भर्न सक्ने छन् ।

प्रतिक्रिया