खर्चको अभाबमा बर्दियाका गणेश चौधरी अस्पतालमा छटपटाउदै

इनेप्लिज २०७३ पुष १९ गते ७:४६ मा प्रकाशित

15781191_571369019740784_1340062033721058251_n

काठमाण्डौ :अतिनै गरीब तथा दयनीय परिवारका बर्दिया जिल्ला ढाेढरी गाबिस – १ को २१ बर्षका गणेश चौधरी करोड़मा २/४ हुने HLH (Hemophagocytic lymphohistocytosis)भनिने रोग लागेर काठमाडौं बानेश्वर स्थित सिभिल अस्पतालको क्याबिन नम्बर ३०९ मा सिकिस्त अबस्थामा रहेका छन l अहिले उनी उपचार खर्चको अभाबमा अस्पतालको शैयामा कसैको सहयोगको आशा गर्दै बसी रहेका छन l उनका सुकुम्बासी बाबुले सरकार बाट प्राप्त २ कठ्ठा जमिन समेत बेचेर छोराको उपचारमा लागि रहेका छन्। अन्य कुनै पनि आयस्रोत छैन त्यसर्थ उपचारका लागि आर्थिक समस्या परिरहेको हुँदा तपाई जो- कोहिले पनि ती गरीब किसानका छोराको उपचारका लागि सहयोग गरि,मानवताको पहिचान र भावनाको कदर गरिदिन सक्नु हुनेछ l समाजसेवी सरस्वती शाह भन्छिन मानब सेवा नै सर्बोक्रिस्ट धर्म हो त्यसैले हामी सबै मिलेर उनलाई सहयोग र साथ दिदै उपचार खर्च जुटाउन हाम्रो कर्तब्य पनि हुन आउछ l

उनै समाजसेवी सरस्वती शाह र मालती शाह लगायतका समाजसेवी मनहरु अहिले बर्दियाका गणेश चौधरीको लागि उपचार खर्च जुटाउन लागि परेका छन, यस पुण्य काममा तपाई हामीले पनि साथ दिने होकि ? समाजसेवी मालती शाह अहिले गणेश चौधरीको लागि सहयोग जुटाउन खुलेरनै लागेकी छीन उनको यो अभियानलाइ हामीले नि साथ दिने होकि ? यदि कोही सहयोगी मन समाजसेवी हरुले सहयोग गर्न चाहनु हुन्छ भने बैंक खाता न यस प्रकार छ l Name : Ganesh Chaudhari, Rastriya banijya bank Ltd. Singhdarbar branch office account no. 113005002110

प्रतिक्रिया