बानाको सामुदायिक भवन सम्बन्धी सुचना !!!!!

इनेप्लिज २०७३ पुष १६ गते १७:४८ मा प्रकाशित

bana logo

डिसेम्बर ३०, २०१६

आदरणीय् बाल्टिमोर तथा मेरिल्यान्ड निवासी दाजुभाई तथा दिदीबहिनीहरु,

सर्बप्रथम यहाँहरु सम्पूर्णमा नयाँ बर्ष २०१७ को हार्दिक मंगलमय शुभकामना !

बानाले केही बर्ष अगाडी देखी सामुदायिक भवन निर्माणका लागि आर्थिक संकलन गर्दै बिभिन्न निकायहरु सँग समन्वय गर्दै अगाडी बढिरहेको सर्बविवितै छ । यसै क्रममा बिगतमा बानाका पूर्व अध्यक्ष क्रिश घिमिरेको सम्योजकत्वमा प्राबिधिक समिती (Techinical Committe) बनाइ त्यसको प्राबिधिक पक्ष अध्ययन गर्दै Baltimore Nepalese Community Center (BNCC) को प्रारुप तयार गरी र घरजग्गा हेर्ने क्रम जारी थियो। यसै क्रममा केहि समय अगाडी मात्र घरजग्गा चयन (Property Selection) को अन्तिम चरणमा यथाशिघ्र सम्भावित मध्ये बाट एक चयन गर्न पुन क्रिश घिमिरेको सम्योजकत्वमा पूर्व महासचिव केशव आचार्य , बर्तमान IT डाइरेक्टर शालिक वाग्ले सम्मिलित तीन सदस्यिय टोलीलाइ जिम्वेवारी दिएको थियो ।

यसै क्रममा सो समितिले नयाँ सस्थाको नाममा मन्दिर बनाउने अभियान सुरु गरी आर्थिक संकलन गर्ने कार्य गरेको बर्तमान परिस्थितीमा बाना कार्यसमिती र सल्लाहाकारहरुको मिती २८ डिसेम्बर २०१६ मा बसेको बैठकले निम्न निर्णय हरु गरेको सम्बधित सम्पूर्ण का लागि जानकारी गराइन्छ ।

१) बानाले अगाडी बढाइरहेको सामुदायिक भवनको प्राबिधिक समितिलाई तत्काल खारेज गरी नयाँ समिति बनाइ बानाको सामुदायिक भवनको योजनालाई निरन्तरता दिने ।

२) बानाले अहिले अन्तिम चरणमा सम्भावित स्थानहरु मध्ये एक खरिद गर्ने तयारी गरिरहेकोले सामुदायिक भवनको लागि कबोल गर्नु भएका र दिन बाँकी रहनुभएका सम्पूर्ण महानुभावहरुलाइ यथाशिघ्र कबोल गरिएको रकम बानालाई उपलब्ध गराइ दिनु हुन अनुरोध गर्दछौ । साथै यस कार्यको लागि सक्दो सहयोग गरिदिनुहुन सम्पूर्ण दाजुभाई तथा दिदिबहिनी हरुमा अनुरोध गर्द्छु । यसको Detail बानाको Facebook पेज मार्फत दिइने छ ।

३) बाल्टिमोर तथा मेरिल्यान्ड निवासी हामी नेपालीहरु बिभिन्न जातिय, राजनैतीक, बैचारिक तथा भौगोलिक आधारमा स्थापना गरिएका सङसस्थामा आबद्द छौ ।

त्यति हुँदा हुँदै पनि स्थानिय् तहमा सबैको साझा सस्थाको रुपमा बाना एक मात्र यस्तो सस्था हो जो लामो ईतिहास बोकेको छ । बाना समग्रमा सबै को साझा हित को लागि सम्पूर्ण समुदाय सँग हातेमालो गर्दै अगाडी बढछ । त्यसकारण बाना सम्पूर्ण नेपाली जनसमुदायलाई तत्कालका लागि व्यक्तिगत नाफा घाटा र सिमित स्वार्थलाई बिर्सेंर समग्र समाज र भबिस्यका सन्ततिलाई उपयोगी हुने यस कामको लागि एकजुट हुन अनुरोध गर्दछ ।

कुलमणि आचार्य् अध्यक्ष ,देब शर्मा  ,महासचिव
तथा बाना कार्यसमिती

प्रतिक्रिया