‘ब्युटिसियन नेपाल’की विनर गौराको ‘ब्युटी वर्ल्ड क्लव’

इनेप्लिज २०७३ पुष १६ गते ८:२१ मा प्रकाशित

dsc00872-800x532

काठमाडौ । ‘ब्युटिसियन नेपाल–२०१५’की विनर तथा मोडल गौरा राईले काठमाडौको गल्फुटार चोकमा ‘ब्युटि वल्र्ड क्लव एण्ड ट्रेनिङ सेन्टर’ सञ्चालनमा ल्याएकी छिन् । शुक्रबार सो ब्युटि क्लवको चर्चित कोरियोग्राफर मोडल तथा आरजे कला सुब्बा, चर्चित कोरियोग्राफर तथा मोडल हिमानी सुब्बा लगायतले रिवन काटेर उद्घाटन गरेका थिए । ‘ब्युटि वल्र्ड क्लव एण्ड ट्रेनिङ सेन्टर’ उद्घाटनमा गायिका तायाहाङ्मा राई, गायक रेवत राई, मिसेस मंगोल नेपालकी विनर सोनम राई, एमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडा लगायत उपस्थित थिए ।

उद्घाटनपछि ब्युटिसियन तथा मोडल गौराले १० वर्षदेखी ब्युटिसियन क्षेत्रमा सिकेको अनुभवका आधारमा गुणास्तरिय सेवा दिने उद्देश्यले यो क्लव सञ्चालनमा ल्याएको बताएकी छिन् । गौराले भनिन्, ‘अर्गानिक मेकअप र स्किन ट्रिटमेन्ट’ ब्युटि वल्र्ड क्लव एण्ड ट्रेनिङ सेन्टरको मुख्य आकर्षण रहेको छ ।’ नाम ब्युटि क्लव भएपनि पुरुषहरुका लागि पनि भएको गौराले बताइन् । हेयर कटिङ, कलरिङलगायतका सेवा सो क्लवमा पुरुषले पनि पाउनेछन् । यसअघि बानेश्वरमा पार्लर सञ्चालन गरेर ब्युटिसियन सम्बन्धी दख्खल हासिल गरेकी गौराले आफ्नो ब्युटि क्लवमा अरुको भन्दा सस्तोमा गुणास्तरिय सेवा प्रदान गर्ने लक्ष्य लिएकी छिन् । ब्युटि केयर र ब्युटि टिप्सबाहेक क्लवमा ट्रेनिङसमेत दिइने गौराले बताइन् । केही समय अगाडी ब्युटिसियन गौराले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको थियो । गल्फुटार चोकमै रहेको ब्युटि क्लवमा ब्युटि, फेसियल, मेकअप, क्लिजिङ, हेयर र ब्लेथजस्ता सौन्दर्यसम्बन्धी सबै किसिमका सेवाको सुविधा रहेकोपनि गौराले बताइन् ।

प्रतिक्रिया