युरोपको राजधानी बेल्जियममा किराँत उधौली चाड सम्पन्न !

इनेप्लिज २०७३ पुष १५ गते २३:५६ मा प्रकाशित

15726877_10210293773635257_120645744475157177_n

यहि २८ डिसेम्बर २०१६ कादिन युरोपको राजधानी बेल्जियमको ऐतिहासिक नगरि ब्रुग्गे सहरमा संयुक्त किराँत समाज बेल्जियमले नेपालीहरुको चाड ” किराँत उधौली २०१६ ” भब्यरुपमा सम्पन्न गरेकोछ !

15726596_712382538926018_5275079243008127027_n

उक्त कार्यक्रममा बेनेलक्स र यूरोपियन यूनियनको लागि नेपाली राजदूत महामहिम लोक बहादुर थापाज्यू प्रमुख अतिथि र संस्थाको अध्यक्ष बिमल सुब्बाको अध्यक्षता रहेको थियो ! संस्थाका महासचिब माकुना किराँतले संचालन गरेको उक्त कार्यक्रममा बेल्जियम स्थित बिभिन्न सङ्घसंस्थाका प्रमुखहरु र छिमेकी देश जर्मनी , इंग्ल्याण्ड निबासी अतिथिहरुबाट कार्यक्रमको सफलता र शुभकामना ब्यक्त सहित किराँतीहरुको प्रख्यात सांस्कृतिक नृत्यहरु च्याबरुंग,साकेला , धान नाच र अन्य नेपाली नृत्यहरू समेत प्रदर्शन गरि उपस्थित पाहुनाहरुलाई भरपूर मनोरंजन प्रदान गरिएको थियो !

15726250_10211697260887698_3057507830479803649_n

कार्यक्रममा उपस्थित करिब तीनसय सहभागी पाहुनाहरुलाई नेपाली सेल रोटी र अचार खाजा सहित रात्रि भोजको निशुल्क ब्यबस्था किराँत समाजले गरेको थियो ! साथै उक्त कार्यक्रममा उपस्थित बेल्जिक अतिथिहरुलाई किराँत चाडको बिषय र महत्वको बारेमा संस्थाका संरक्षक एबम पूर्ब अध्यक्ष मुना राईले बेल्जिक भाषामा प्रष्टाउने काम गरि बिदेशमा पनि नेपाली संस्कृतिहरुको चिनारी दिने काम भएको थियो !

thumbnail_dsc_0950-1 thumbnail_dsc_0908 15823587_10211697280768195_889070591340191648_n 15823121_10211697265247807_9078792981299114337_n 15823042_10211697302168730_9087529311483955958_n 15781622_1717217715261302_5895989530370547443_n-1

प्रतिक्रिया