“नेपाल अपाङ्ग सङ्घ” खगेन्द्र नवजीवन केन्द्रलाई सुविधा सम्पन्न बनाउन छलफल सुरु

इनेप्लिज २०७३ पुष १५ गते ४:३८ मा प्रकाशित

khagendra

अपाङ्ग रहेका खगेन्द्र बहादुर बस्नेतको परिकल्पना अनुसार २०२६ सालमा स्थापना भएको ‘नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्र’ बेसहारा अपाङ्गता भएका व्यक्तिको सहाराको थलो रहेको छ ।

राजधानीको जोरपाटी हुदै साखु जाने बाटोमा नारायणटार चोक र बागमती पुलको बिचमा अबस्थित  खगेन्द्र नवजीवन केन्द्र’ ८५ रोपनी क्षेत्रफलमा अबस्थित गृहमा आफ्नो नियमित व्यक्तिगत काम गर्न नसक्ने ‘क’ वर्गका पूर्ण अपाङ्गता भएका व्यक्तिलाई सेवा प्रदान गर्दै आएको छ । यहाँ  अबस्थित १८ जना अपांगहरुको खर्च नेपाल सरकारले गर्छ भने बाँकी केन्द्रले कार्यालय परिसर अगाडिका सटर भाडाबाट हुने आम्दानी तथा विभिन्न दाताको सहयोगमा व्यवस्थापन गर्दै आएको छ ।

शारीरिक असक्षमता कसैको रहर हुदैन यो त कुनै  पनि मानिसहरु लाइ मात्र हुन सक्ने प्राकृतिक कुरा हो,जसलाई जसरी पनि र जहिले सुकै हुन  सक्दछ। शारीरिक रूपमा असक्षम भएको मानिसहरुलाइ कठै ,बरा ,छि छि र दुर दुर हैन सहानुभूति माया र अबसरको  अनुभूति दिन आबस्यक हुन्छ।

केन्द्रले राजधानीबाहेक मुलुकभर झापा, धनुषा, काठमाडौँ, दाङ, बाँके र कैलालीमा शाखा विस्तार गरी सेवा दिइरहेको छ । केन्द्रले हाल कार्यालय परिसरमा हाड र नसासम्बन्धी १०० शै्ययाको नेपाल अर्थापेडिक अस्पताल सञ्चालन गरी आर्थिक रुपमा सक्षम भएका व्यक्तिलाई सशुल्क र आर्थिक रुपमा विपन्न व्यक्तिको निःशुल्क रुपमा उपचार गर्दै आएको छ । त्यस्तै केन्द्रले खगेन्द्र माध्यमिक विद्यालय सञ्चालन गरी अपाङ्गता भएका विद्यार्थीलाई शिक्षाको सहज पहुँच पनि दिदै आएको छ।

केन्द्रले सरकारसँग अपाङ्गमैत्री कार्यालय भवन, स्याहार गृह र तालिम  केन्द्र निर्माणको अपेक्षा गरेको अनुसार यस क्षेत्रका माननीय सांसद रामेश्वर फुयालले खगेन्द्र नवजीवन केन्द्रलाई सुधार गरी अपांगता भएका व्यक्तिहरुको जीवनस्तर सहज र सरल बनाउने बारेमा बिगतदेखिनै सरोकारवाला, सरकार र स्थानीय स्थरमा छलफल गर्दै आउनु भएकोमा भर्खरैमात्र नेपाल अपाङ्ग सङ्घको अबलोकन तथा बिस्तृत छलफल गर्नु भएको छ ।

केन्द्रको सुधारको बारेमा सम्माननीय राष्ट्रपति विध्यादेवी भण्डारी स्वयमले चासो व्यक्त गर्नु भएको छ  भने यस अघि धेरै पटक राष्ट्रपति कार्यालय र स्थानी यस्तरको छलफल पछी माननीय सांसद रामेश्वर फुयाल, राष्ट्रपति कार्यालयका प्रतिनिधी, कन्सल्ट्यान्टका प्रतिनिधी र नेपाल अपांग संघ, नेपाल स्पाइस कर्ड इन्जुरी स्पोर्ट एसोसियसन लगायतका प्रतिनिधीहरु बिच केन्द्रमा छलफल गरिएको छ ।

केन्द्रको वर्तमान अवस्थाको अबलोकन गर्दै यसका सेवा सुविधालाई व्यवस्थित, प्रभावशाली बनाउन, ५०० जना क वर्गका अपांगता भएका व्यक्तिगरु बस्न पुग्ने आवास निर्माण, विध्यालय व्यवस्थापन तथा ५०० विध्यार्थी अटाउने आवास, अस्पतालबाट डिस्चार्ज भएका अपांगता भएका व्यक्तिरुको पुनर्स्थापना र दैनिकी सहज बनाउने सुविधा सम्पन्न पुनर्स्थापना केन्द्र, अपांगता भएका व्यक्तिहरुलाई आर्थिक उपार्जनका काममा जोड्न प्रविधिक तालिम, अपांगमैत्री खेल मैदान, पुस्तकालय, अनुसन्धान केन्द्र निर्माण लगायतका सुझावहरु प्राप्त भएका छन ।

तस्विर: ललिता खड्का, न्यु एल के स्टुडियो सरस्वति नगर

प्रतिक्रिया