नयाँ अवतारमा केपी ओली, फिल्मको ‘हिरो’पछि म्युजिक भिडियोमा देखिँदै

इनेप्लिज २०७३ पुष १४ गते ७:४४ मा प्रकाशित

kp-oli-rishi

काठमाडौं, १३ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली म्युजिक भिडियोमा देखिने भएका छन् । केही दिनअघि आफ्नै जीवनीमा बन्न लागेको फिल्म ‘रातो सूर्य’मा हिरो बन्ने पक्कापक्की गरेका ओली अब म्युजिक भिडियोमा पनि देखिन लागेको एमालेका एकजना कार्यकर्ता सौगात बाँनियाले बताएका छन् । ‘पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई चाँडै म्युजिक भिडियोमा पनि देख्न पाइने भएको छ । झुक्दै नझुक्ने नेपालको छोरो,’ उनले भनेका छन् । ओली राष्ट्रिय भाव बोकेको म्युजिक भिडियोमा देखिन लागेका हुन् । ओलीले म्युजिक भिडियो खेल्दै गरेको एउटा तस्वीर पनि बाहिरिएको छ । जसमा उनी नेपालको झण्डा फहराउँदै हाँसिरहेका छन् । यसअघि नेपाल प्रहरीका एसएसपी रमेश खरेल पनि राष्ट्रभाव झल्काउने म्युजिक भिडियोमा देखिएका थिए । फोटोः प्रदीपराज वन्त/रासस

kp-oli-flag

प्रतिक्रिया