बिहीबार, असार १० २०७८
काठमाडौं ११:२९
वासिङटन डिसी 01:44

प्रथम समृद्धि कपको उपाधि पब्लिक युथ क्याम्पसलाई

इनेप्लिज २०७३ पुष १४ गते ६:१४ मा प्रकाशित

काठमाडौँ, १४ पुस । नयाँ शक्ति विद्यार्थी युनियन क्याम्पस समन्वय समितिले आयोजना गरेको प्रथम समृद्धि फुटबल कप प्रतियोगिता पब्लिक युथ क्याम्पसले जितेको छ ।

उक्त प्रतियोगितमा दोस्रो गोल्डेन गेट कलेज, तेस्रोमा आधारशीला र चौथो स्थान प्राइम कलेज भएको युनियनका प्रवक्ता रुपनारायण श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनल खेल ७–६ गोलअन्तरमा सकिएको थियो ।

प्रतियोगिताका विजेता टिमलाई नयाँ शक्ति पार्टीका ३ नं प्रदेश संयोजक गङ्गानारायण श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । प्रथम हुने टिमले रु ५५ हजार, दोस्रो ३५ हजार नगद र तेस्रो हुनेलाई २५ हजार नगद र शिल्ड प्राप्त गरेका छन् ।

नयाँ शक्ति विद्यार्थी युनियनले आयोजना गरेको यो नै पहिलो फुटबल प्रतियोगिता हो । प्रतियोगितामा उपत्यकाका २४ क्याम्पसको सहभागिता थियो । उक्त प्रतियोगिताको उद्घाटन मङ्गलबार नयाँ शक्ति पार्टीका महिला संयोजक कल्पना धमलाले गर्नुभएको थियो ।

प्रतिक्रिया