“नेपाली कॉंग्रेसको ७ दशक” (ऐतिहासिक फोटो प्रदर्शनी) आयोजना हुने ।

इनेप्लिज २०७३ पुष १३ गते २३:३० मा प्रकाशित

img_1548

काठमाडौं, पौष १२ गते । नेपालको प्रजातान्त्रिक, लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेको नेपालको पुरानो र ठूलो पार्र्टी नेपाली कॉंग्रेसकोे प्रथम महाधिवेशन (२००३ माघ१२–१३ गते) बाट वैधानिक रुपमा स्थापित भएको थियो । २००७ सालको जनसंघर्षमा सयौ मुक्ति सेनाका योद्धाहरुको बलिदानले १०४ वर्ष राणाशासनको अन्त्य भयो । नेपाली का“ग्रेसकोविशेष सक्रियतामा नेपालको संविधान–२०१५ जारी र आम निर्वाचनबाट बहुमतका साथ प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले राजा रजौटा उन्मुलन, जंगलको राष्ट्रियकरण,विर्ता उन्मुलन जस्ता उल्लेखनिय काम गरेर समाजवादी अवधारणा लागु गर्ने प्रयत्न ग¥योे । त्यतिवेला राजा महेन्द्रले २०१७ साल पुस १ गते जननिर्वाचित सरकारलाई बलपूर्वक अपदस्तगरी शासनसत्ता आफ्नो हातमा लिए ।

img_1554

त्यसपछि राजा नेतृत्वको निर्दलीय पञ्चायतको अन्त्य, प्रजातन्त्रको पुर्नबहाली, राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापनाका साथै नेपालको संविधान–२०७२ घोषणा आदि कयौंराजनीतिक अभियानमा नेपाली कॉंग्रेसले निरन्तर अग्रसर रहे । यसरी विभिन्न आरोह अवरोह पार गर्दै नेपाली कॉंग्रेसले स्थापनाकालदेखिनै नेपाली नागरिकका हकअधिकारका लागिआवाज उठाउ“दै आएको गौरवशाली इतिहास, पटक पटकको आन्दोलनस“ग सम्वन्धित घटनाक्रम, व्यक्तित्वहरुका सचित्र जानकारी, दस्तावेज र प्रथम महाधिवेशनदेखि तेहैंमहाधिवेशनसम्मको अविरल यात्राको विशेष सम्झनामा सा“स्कृतिक संग्रहालय नेपालले यही माघ महिनामा १ साता व्यापीे “नेपाली कॉंग्रेसको ७ दशक” (ऐतिहासिक फोटो प्रदर्शनी) नेपालआर्ट काउन्सिल, बबरमहल काठमाडौमा आयोजना गर्ने जमर्को गरेको छ । आज नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री माननीय श्री शेरबहादुर देउवाबाट कार्यक्रमको तस्बिरव्यानरमा हस्ताक्ष्रर गरी शुभारम्भ गर्नु भयो । साथै सभापति देउवाबाट यस कार्यक्रमको संरक्षकत्व ग्रहण गर्नु भई नेपाली काग्रेसको गौरवशाली इतिहासलाई जिवन्त राख्न सा“स्कृतिकसंग्रहालय नेपालका अध्यक्ष क्षितिज अरुण श्रेष्ठको प्रयासलाई सहना गर्नु भएको छ ।

कुमार श्रेष्ठ
महासचिव

मितिः २०७३.०९.१२ गते

प्रतिक्रिया