अमेरिकाको राजधानी वाशिगटन डिसी मेट्रो एरियामा युनाइटेड नेपोलिज फेलोशिपले भव्यताका साथ क्रिसमस इभ २०१६ मनायो

इनेप्लिज २०७३ पुष १३ गते २:५८ मा प्रकाशित

dsc_0248

अमेरिकाको राजधानी वाशिगटन डि सी मेट्रो एरियामा युनाइटेड नेपलिज फेलोशिपले भव्यताका साथ क्रिसमस इभ २०१६ मनायो । विगतका केहि वर्ष देखि वाशिंगटन डिसि मेट्रो एरियामा नेपाली समुदाय विचक्रिस्टमसको महत्व तथा नेपालहरु विच भाइचाराको संम्वन्ध विस्तार गर्न साथै प्रेम सद्भावप्रकट गर्न यो कार्यक्रम गर्दै आइरहेको छ । कार्यक्रममा क्रिसमस सम्बन्धी प्रवचन, भजन गीत तथा नाटक द्धारा यसको जन्म सम्बन्धी नाटक वारेमा प्रस्ट पारिएको थियो ।

unnamed

स्थानिय नेपाली संघ सँस्थाका पदाधिकारी तथा समाज सेवी साथै व्यापारमा आवद्ध व्याक्तिहरु वरिष्ठ साहित्यकार कृष्ण धाराबासी, साहित्यकार तथा विश्व परिक्रमाका संम्पादक गोविन्द गिरी प्रेरणा ,अमेरिकाको सबैभन्दा पुरानो संस्था अमेरिका नेपाल सोसाइटीका पूर्ब अदक्ष्य खेम भट्टचन समाज सेवी तथा डिसि नेपालका संम्वाददाता परशु राम भण्डारी, रेडियो जीन्दगी जिए जा…हरन्डन, भर्जिनियाका सरोज के सी, समाज सेवी तथा ओम इन्सुरेन्स एन्ड दाहाल टयाक्स सलुसनका प्रोपाइटर अर्जुन दाहाल, समाज सेवी तथा अमेरिका नेपाली सहयोगी समाज मनासस्, भर्जिनियाका यज्ञ चापागाई र विजय ओझा, समाज सेवी तथा उडव्रिज नेपाली सोसाइटीभर्जिनियाका अध्यक्ष जनक अधिकारी,नमस्ते रेस्टुरेण्टका प्रोपोराइटर नविन पौडेलका साथै स्थानीय महानुभाव रअन्य धार्मिक आस्था बोक्नेहरुको पनि सो समारोहमा उल्लेखनिय उपस्थित थियो ।

dsc_0535

सियोन सुब्बाले युनाइटेड नेपोलिज फेलोशिपको इतिहास प्रस्टयाउदै प्रारम्भ गरिएको उक्त्त कार्यक्रम पास्टर निको थापाको प्रार्थना द्धारा बिधिबत रुपमा शुरु गरिएको कार्यक्रममा नेपाली राष्ट्रिय गानमा सबै आगुन्तुकहरुको सहभागी गराइएको थियो । उक्त्त कार्यक्रममा एलडर रमेश मैनालीले स्वागत मन्तव्य दिदै यस्तो चाड पर्वमा हामी समाजका सबै जनाहरु भेला भएर मनाउनु पर्ने जानकारी दिदै समाजका दाजु भाइहरु एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ, येशु क्रिस्टको जन्मोत्सव मनाइरहेको विश्वलाई उहाँको सन्देश मानिसहरुले तिमीहरुसँग जस्तो ब्यबहार गरुन भन्ने तिमीहरु चाहान्छौ तिमीहरुले पनि तिनीहरु सँग त्यस्तै व्यवहार गर् भन्ने प्रभुको सन्देश सुनाउदै स्थानिय समाजका अग्रजहरुलाई पुष्प गुच्छा द्धारा स्वागत गरिएको थियो ।

dsc_0557

उक्त्त कार्यक्रममा मुख्य बक्ताको रुपमा नेपालबाट यू एस भ्रमणमा आउनु भएका पास्टर निको थापाले क्रिस्मस तथा जिस्स क्राईष्टको जन्म र इशाइ धर्मको वारेमा प्रस्टयाउनु भएको थियो । कार्यक्रममा युनाइटेड नेपोलिज फेलोशिपका भजन मण्डली सदस्यहरु वादय वादनमा डेनिल गरुङ्ग, एरिक श्रेष्ठ, सुदिम मगर, डेनिल दहाल, अर्जुन श्रेष्ठ साथै गायनमा सियोन सुब्बा, प्रस्न्ना सुब्बा,रिता श्रेष्ठ, अन्जली श्रेष्ठ, सितल तामाङ्ग, र साथीहरुले क्रिसमस सम्वन्धि गीतहरु गाएर प्रभुको महिमा गरेका थिए ।

विभिन्न मनोरंजनात्मक कार्यक्रमको विविध आर्कषकहरु साना वालिकाहरु सुहानी जी सी र कृष्टिना श्रेष्ठले सांटा क्लस् कमिङ्ग टुटाउन, सलिना थापा र सुदिन मगरले म हाँसेको छु गीत र स्थानिय अमेरिकन गायक पल सिकेलले बेथलिहेम मोरर्निग गीत गाएका थिए ।

dsc_0238

हास्य ब्यङ्ग अर्जुन श्रेष्ठले नेपालका बरिष्ठ नेताहरुको क्यारिकेचर, सुसांक लिम्बु, सितल तामाङ्ग, निरु तामाङ्ग सुम्निमा चापागाई र श्रीयसी ओझाले क्रिसमसको रमाइलो गीतमा नृत्य गर्नुका साथै अनोमल सिटौलाले जिसस वर्थ कविता वाचन गरिएका थिए । उक्त्त कार्यक्रममा जिसस्र क्राइष्टको जन्म संम्वन्धि नाटक प्रस्तुत गरिएको थियो उक्त्त नाटकमा कलाकारको भुमिकामा एरिक श्रेष्ठ, सितल तामाङ्ग, सुदिम मगर, अर्जन श्रेष्ठ अरुण राईले अभिनय गरेका थिए ।

मेरिल्याडवाट आउनु भएको हिमालयन वापत्तिस चर्चका पास्टर प्रकाश मेघी गुरुङ्ग तथा अर्जुन गुरुङ्ग आउनु भएका ग्रुपले केहि भजनहरु गाएका थिए । साथमा नेपालका लोक गायक लक्ष्मण पौडेल र गायिका कल्पना देवकोटा पौडेल द्धारा वहाँहरुकै गीत आधि खोला उर्लेर आयो बोलको गीतलाई जिसस क्राइस्ट संम्वन्धि भर्षनमा बनाएको गीत र बेनीको बजार गीतमा सांटा कल्शको साथमा दर्शकलाई नचाएको थियो ।

dsc_0206

युनाइटेड नेपोलिज फेलोशिपका अदक्ष्य आशिस थापाले उपस्थित संपूर्ण महानुभाव समाजका अग्रज व्याक्तिहरु तथा कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने मिडिया इनेप्लिज डटकम डि सि नेपाल डट कम, विश्व परिक्रमा, नेपाली पोष्ट डट कम, स्थानिय नेपाली , कलाकार, संयम सेवक तथा युनाइटेड नेपोलिज फेलोशिपका सबै सदस्यहरुलाई धन्यबाद ब्यक्त गर्दै आगामी बर्षको क्रिसमसमा संपूर्ण उपस्थित जनहरुलाई निमन्त्रणा गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो । कार्यक्रमको अन्तमा लक्की ड्र मार्फ़त उपस्थित जनहरुलाई उपहार प्रदान गर्नुका साथै रात्री भोज गरिएको थियो ।

युनाइटेड नेपोलिज फेलोशिप सम्वन्धि जानकारीको लागि प्रत्येक आइतवार दिउसो १२:३० बजे देखि २:३० बजे सम्म

ठेगाना :McLean Bible Church
8925 Leesburg Pike, Vienna, VA 22182

थप जनकारीको लागि
Mailing Address: 13844 Andorra Dr, Woodbridge, VA, 22193
E-mail: [email protected], http://unf-nepal.org/

तस्बीर:कृष्ण श्रेष्ठ

प्रतिक्रिया