शुक्रबार, असार ४ २०७८
काठमाडौं १८:२५
वासिङटन डिसी 08:40

बोष्टन अमेरिकामा १५ औ तमु ल्होछार धुमधामसँग सम्पन्न ।

इनेप्लिज २०७३ पुष १३ गते २:५५ मा प्रकाशित

15749488_1333528143435597_1076939624_n

बोष्टन तमु समाज व्दारा आयोजित १५ औ छ्या ल्हो ,तमु ल्होछा २०१६ “हिजो साँझ वाटरटाऊन सिटिमा बिबिध नेपाली सास्कृतिक प्रस्तुति एवँ स्वादिष्ट नेपाली परिकारहरु सहित भब्य रुपमा सम्पन्न भयो । त्यहा अमेरिकाको बिभिन्न राज्यबाट आएका तमु तथा गैह्र तमु  नेपालीहरुको बिशाल सहभागिता रहेको थियो । बिगत १४ बर्ष देखि आफ्नो कला सँस्कृति भेषभुषा जगेर्ना गर्दै आएका बोष्टन तमु समाज का कार्यकर्ता ,आमा टोलि तथा महिला दिदी बहिनिहरु हरु खटन सम्म खटेर ल्होछार हल सजाएका थिए भने आफ्नो परम्परागत गुरुङ ड्रेसमा सजिइ अतिथिहरुलाई स्वागत सत्कार गरे । स्टेजमा प्रस्तुत एक से एक सास्कृतिक प्रस्तुती,स्वादिष्ट नेपाली परिकार, गुरुङ भेषभुषा,अमर थापाको डि जे धमाकाले सहभागीलाई नाच्न सम्म नचायो । यसलाई अमेरिकन हरु दँग परेर  नियालिरहेका देखिन्थे  ।बोष्टनमा एक बिग शो को रुपमा स्थापित तमु ल्होसार नियाल्नेहरु भन्दै थिए यस प्रकारको शसक्त र बृहद कार्यक्रम तमु समाजको त्याग र समर्पणले मात्र सँभव भएको हो । 

15781824_1333528016768943_1030690211_n

यसबर्षको  ल्होछारमा पनि थुप्रै नया कलाकार तयार गरि स्टेजमा ऊतारिएको थियो । तिन दर्जन भन्दा बढि साना तथा ठुला कलाकारहरूको प्रस्तुती रहेको ल्होछारलाइ शुरुमा सानु बाबु ऊत्सब गुरुङले स्टेजबाट सबैको ध्यान खिचेका थिए क्रमस : अन्य तिन सँचालक हरु खगेन्द्र गुरुङ, इरिशा गुरुङ, रोजित गुरुङले पालैपालो कार्यक्रम चलाएका थिए ।  ।संस्थाका खगेन्द्र गुरुङले छोटो औपचारिक कार्यक्रम सकेपछि नेपाली तथा अमेरिकन राष्ट्रिय गित बजाइएको थियो ।आसिमाला छ्याजालो” अभिवादन सगै अगाडी बढेको कार्यक्रममा बौद्ध गुरु भिक्षु डा.प्रज्ञालोक र डा.सोरता माहाथेरो बाट वौद्ध पुजा अर्चना गरिएको थियो । डा. प्राज्ञलोक ले बौद्द मार्गी हरुले मासाचुसेट राज्यमा स्वयम्भु प्रोजेक्ट शुरु गर्न लागेको खुसीको कुरा सुनाऊदै यसको लागी आफुहरू अब  जग्गा खोज्ने क्रममा रहेको कुरा ब्यक्त गरे  । क्रमस: बोष्टन तमु समाजको तर्फबाट पुष्पा गुरुङ समेतबाट आयो ल्होसार .. गितबाट सबैलाई स्वागत गरियो भने समाजकि अध्यक्ष सम्झना गुरुङले स्वागत मन्तब्य दिदै बोष्टन तमुले गरेका काम, समाज नन प्रफिट सोसयल अर्गनाईजेशन भएको कुरा, यसले तमुहरुको परम्परा भाषा सँस्कृति कला वचाऊन लागि परेको साथै नेपाल र नेपाली बालबालिकाको पक्षमा नेपाली भाषा कक्षा सँचालन गर्दै आएको कुरा छोटोमिठो रुपमा ब्यक्त गरिन । लगतै सशक्त म्यूज़िक टिमका कलाकार हरु श्याम नेपाली, रञ्जन बुढाथोकी, अन्जन बुढाथोकी, अनुभव थपलिया,नन्दु शँकर,ओम बुढाथोकी आदी बाट हिमालय हेरिटेज कल्चरल एकेडेमी को लाईभ म्युजिक प्रस्तुत गरेका थिए । 

img_3953

तत पश्चात कार्यक्रममा घाटु नृत्य,गुरुङ नृत्य,नेपाली गित,तामाङ सेलो,कौडा नाच,नेपाली लोक नृत्य,आधुनिक नृत्य,सोलो सङ,झ्याऊरे नाच,सुदुर पश्चिमको हुडकेली नृत्य, आदी धुमधाम सँग प्रस्तुत भएका थिए । नृत्य कलाकार हरुमा पारमिता गुरुङ, रोज्मी गुरुङ,एड्रिएन गुरुङ,जेसिका गुरुङ,अन्जना गुरुङ, सुरेश गुरुङ,अन्जु मैनाली,देबि भण्डारी, मन्जु मैनाली,देबी गुरुङ,फत्ते गुरुङ,कमला गुरुङ,बिनिता गुरुङ, जेनी तामाङ,सँगिता गुरुङ,रोशन डुक्पा, सबिना राई, काजल श्रेष्ठ, नित्या शर्मा, प्रनिता वन्त,शिवानी शेरचन,शुभाश्री धिताल,शालोमी प्रधान,भुवानी गुरुङ, गिरी गुरुङ, मिन गुरुङ,रोबिन गुरुङ,सुन्दर गुरुङ, आदी थिए ।गायक कलाकार हरुमा प्रबिन परियार,रमला गुरुङ, सुरेश गुरुङ,समेत प्रस्तुत भएका थिए । न्यु ह्याम्पसायर तमु समाजले रमाइलो कौडा नाच प्रस्तुत गरेको थियो कलाकार हरुमा अनु गुरुङ, बबिता गुरुङ, बृन्दा गुरुङ, गितु गुरुङ, लक्ष्मी गुरुङ,मिना गुरुङ, प्रतिक्षा गुरुङ आदी थिए ।

15731409_1333529746768770_1086603696_n

 कार्यक्रमको अन्तिमतिर बोष्टन तमु समाजका सचिव मिन गुरुङले तमु ल्होछारको लागि, लागि पर्ने सहयोग गर्ने सबैलाई सम्झि सम्झि धन्याबाद दिएपछि समाजकि कोषाध्यक्ष कमला गुरुङ तथा अध्यक्ष सम्झना गुरुङबाट कलाकार टिमलाई सम्मान गरिएको थियो ।कार्यक्रममा ग्रेटर बोष्टन स्थित सामाजिक नेपाली सँघ सँस्थाका प्रमुख तथा प्रतिनिधिलाई अतिथीको रुपमा निम्त्याइएको थियो ।

15697986_10208233094441848_4828145773718002965_n

ल्होछार मा भाषण थोरै सास्कृतिक प्रस्तुती धेरै थिए यसलाई धेरैले मन पराए । कार्यक्रममा प्रस्तुत एक से एक गित सँगित ले रौनकता माथी रौनकता थपेको थियो । कलाकार हरुले यथेष्ट रिहर्सल गरेको आभाष हुन्थ्यो। अन्जना गुरुङ, देबि ओली, फत्ते गुरुङ, पेमला शेर्पा, सबिना राई, सुन्दर गुरुङ, र ऊषा गुरुङ रहेको कोरियोग्राफर टिमले महिनौ दिन लगायर ल्होछारको लागि कलाकार टिम तयार गरेको थियो जुन पछी सम्म नेपाली समाजलाई काम लाग्ने र हालको बाल कलाकार टिमले भावी दिन्मा बिदेशमा नेपाली कला सँस्कृतिको जगेर्ना गर्दै जाने समाजका पुर्ब अध्यक्ष तथा कल्चरल को अर्डिनेटर सुन्दर गुरुङले बताए  १५ औ बोष्टन ल्होछारको लागी सबै काम बोष्टन तमु समाज कि अध्यक्ष सम्झना गुरुङ श्रेष्ठ र एक्जुकेटिभ टिमको मातहतमा सम्पन्न भएतापनि कार्यक्रमलाई ब्यबस्थित बनाऊन , सेल रोटि,तारेको माछा समेतको नेपाली परिकार पस्कन समाजका अग्रज ब्यक्तित्व हरु भुवानी गुरुङ, झक गुरुङ, धन कुमार गुरुङ, लगायत सक्रिय आमा टिम र समाजका सबै सदस्यहरु कार्यक्रम अबधिभर दौडेको दौडेइ देखिन्थे ।

15697239_10208233102762056_4293805318896930542_n 

तमु ल्होछार बिशेष गरी नेपालमा गुरुङ जातिले मनाऊने पर्व हो । नेपालमा लोकतन्त्रको पुनर्स्थापना पश्चात एक नेपाली पर्वको रुपमा समेत मनाऊन थालिएको छ । सबैलाई सरकारी बिदा मिलेको छ ल्होछारमा । स्वदेश बिदेश जहा बसेपनी ल्होछार मनाऊने र यसमा रमाऊने नेपालीको सँख्या बढी भन्दा बढी हुन थालेको छ । बोष्टनमा यसपाली पनि ऊल्लेख्य सहभागिता देखियो हल खचाखच भरिएको थियो ।कार्यक्रमका दिन हिऊ नपरेर मौसमले पनि आयोजकलाईसाथ दिएको थियो 

15672807_1414971498513617_2003613423868627611_n

यसरी सम्पन्न बोष्टन ल्होछारले बिदेश मा नेपाली कला र सँस्कृतिको बिकास र निरन्तरतामा सघाऊ पुराएको छ , थुप्रै बिदेशिएका नेपाली तिनका छोरा छोरी लाई नेपाली कला सँस्कृतीतर्फ डोराएको छ । नया नेपाली कलाकार जन्माइरहेको छ पक्कै पनी यो नेपाल र नेपालीको लागी खुसिको कुरा हो । नेपाल कला र सँस्कृतिको धनि देश हो , नेपालका थुप्रै कला सँस्कृतिलाइ यथोचित रुपमा र यत्र तत्र सर्वत्र अगाडी बढाऊनु पर्ने आबश्यकता छ । नेपाल को ल्होछार पनी नेपाली सँस्कृतिको एक हिस्सा हो  । यसलाई अन्य नेपालीले पनि मन पराऊदै जाने र सहभगिता जनाऊदै जाने क्रम बढेको छ । त्यसैले ल्होछार लाई तमु समाज को मात्र नभई नेपाल र नेपालीको एक महत्वपुर्ण सँस्कृती को रुपमा बिकास गर्न आइन्दा ल्होछार आयोजना र सहभागिता दुबै तर्फ गैह्र तमुहरुको पनि भुमिका समाबेश गर्न सके अझै ल्होछार समाबेशी हुने थियो ल्होछार सबै नेपालीको साझा हुदै जाने थियो ।

15665776_1414971408513626_3232022675633211414_n-copy

धन्यबाद

फोटो साभार :  धन लेप्चा, कृष्ण खनाल न्यु ह्याम्सायर, र सुरेश वाग्ले बाट

 

प्रतिक्रिया