रोधी सिने अवार्ड हुने

इनेप्लिज २०७३ पुष ११ गते १२:०४ मा प्रकाशित

nepal-1

गुरुङ फिल्म को शुरूवात बि स २०५२ सालमा पाते ( माइली ) फिल्म बाट भएको हो । जस्को निर्माण रोधी परिवार भन्ने सस्था बाट भएको थियो । तात्कालिन समयमा रोधी ले , सास्कृतिक कार्यक्रम देश बिदेश मा गर्नुको अलावा रोधी भन्ने सास्कृतिक पत्रीका प्रकाशन गर्थ्यो । पछी सुनौलो भबिस्य निर्माण मा बिदेशीए भने कति आ-आफ्नै ब्यापार ब्याबसायमा लागे ।

त्यस समयको रोधी को सदस्य अनि पहिलो गुरुङ नायक प्रितम गुरुङ भने चलचित्र छेत्रमा लागिपरिरहे । कलाकार , लेखक,निर्माता , निर्देशक को रूपमा । २ दशकको फिल्मी यात्रामा प्रितम गुरुङ ले गुरुङ , नेपाली र मगर भासाको गरेर ४० चलचित्र को निर्देशन गरिसक्नु भएको छ । आदिवासी जनाजाती मात्र नभैइ नेपाली चलचित्र छेत्रमा नै यो एउटा उदाहरण हो सम्भबत पहिलो पनि ।

रोधी सिने अवार्ड आगामी माघ २० गते नाचघर जमल मा हुनेछ भने माघ महिनाको पहिलो ह्प्ता कार्यक्रम आयोजना गरि टप फाइप प्रकाशित गरिनेछ ।

प्रतिक्रिया