आयुष्मानसँग रेखाको जोडी (हेर्नुस् भिडियो)

इनेप्लिज २०७३ पुष ११ गते ११:५६ मा प्रकाशित

hqdefault

काठमाडौं । गायिका रेखा शाहको स्वरमा गीत ‘तिमी बिना…’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । म्युजिक भिडियोेलाई गायिका शाहले आइतबार राजधानीमा एक कार्यक्रम गर्दै सार्बजनिक गरेकी हुन् । मुम्बईको एशराज स्टडियोमा एरेञ्ज तथा रेकर्ड गरिएको उक्त गीतमा कमल खत्रीको संगीत छ भने गीतका शब्दहरु गीतकार भूपेन्द्र खड्काले रचना गरेका हुन । सार्वजनिक गरिएको भिडियोको निर्देशन नितिनकुमार चन्दले गरेका हुन् । भिडियोमा अभिनेता आयुष्मान देशराज जोशीसंगै गायिका रेखा शाह आफैले अभिनय गरेकी छिन् । यसभन्दा अघिका आफ्ना गीतहरुमा पनि उनको अभिनय रहेको छ । सार्वजनिक ‘तिमी बिना’मा रेखासंगै गौरव डोगाउँकरको स्वर पनि सुन्न पाइन्छ । डोगाउँकर बलिउडका प्रसिद्ध गायक तथा संगीतकार हुन् । उनले केही नेपाली गीतको कबर भर्सन समेत बनाइसकेका छन् ।

हेर्नुस् भिडियोः –

प्रतिक्रिया