गैर आवासीय नेपाली संघ,राष्ट्रीय समन्वय परिषद,अमेरिकाको प्रेस-विज्ञप्ति

इनेप्लिज २०७३ पुष ११ गते ११:४७ मा प्रकाशित
img_6916
प्रेस-विज्ञप्ति
डिसेम्बर २५, २०१६
 गैर आवासीय नेपाली संघ,राष्ट्रीय समन्वय परिषद,अमेरिकाले विभिन्न समय र अवसर पारेर समसामयिक विषयमा  कार्यक्रमहरु आयोजना गर्दै आएको कुरा सर्व विदितै छ । नेपाल र नेपालीको पहिचानको निम्ति होस् वा नेपाली-नेपाली बीचको एकता र सद्भावको निम्ति होस् गैर आवासीय नेपाली संघ,अमेरिका सदैव गम्भीर रहन्छ । हामी नेपाली जहाँ रहे पनि आफ्नोपनमा रमाउने गर्दछौं अनि आफ्नै संस्कृति रुचाउने गर्दछौं । आफ्नोपन एवम् आफ्नो संस्कृति र पहिचानलाई जोगाउनको लागि हामी र हाम्रो एकता  लाई महसुस गर्नै पर्छ भन्ने हाम्रो पनि मान्यता रही आएको छ । तर अमेरिकाको भूमिमा रहँदै र बस्दै गर्दा हामी कहिले अंग्रेजी नया वर्षलाई स्वागत गर्ने गर्दछौं र कहिले कृश्मसमा रमाउने गर्दछौं । तसर्थ गैर आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद,अमेरिकाले आगामी जनवरी ८,२०१७ मा (ईश्वी सम्वत) नव वर्षको अवसर पारेर एउटा कार्यक्रमको  आयोजना गर्दैछ ।  जनवरी ८,२०१७ कै कार्यक्रम बारे  सामाजिक संजालमा देखिएका सकारात्मक एवम् नकारात्मक प्रचार-प्रसार तथा त्यससँग सम्बन्धित जिज्ञासा र चासोलाई गैर आवासीय नेपाली संघ, अमेरिकाले गम्भीरता पूर्वक लिएको छ, त्यति मात्रै नभएर यो एउटा सचेतताको रुपमा पनि हामीले लिएका छौं । गैर आवासीय नेपाली संघ , प्रवासमा बस्ने नेपालीहरुको साझा संस्था हो यसै कुरालाई मध्यनजर गर्दै गैर आवासीय नेपाली संघ, अमेरिकाको आधिकारिक धारणा सबैमा ल्याउनको लागि मिति डिसेम्वर २४,२०१६ मा गैर आवासीय नेपाली संघ,राष्ट्रीय समन्वय परिषद,अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको अध्यक्षतामा बैठक बसी निर्णय गरेको छ ।
बैठकले जनवरी ८, २०१७ मा न्युयोर्कमा “एकता दिवस तथा नव वर्षको शुभकामना आदान प्रदान कार्यक्रम – २०१७” आयोजना गर्ने भनी सर्व सम्मतबाट निर्णय गरेको छ |
उक्त कार्यक्रमले नेपाली संघ-संस्था तथा सहभागी सबै नेपालीहरुबीच नयाँ वर्ष २०१७ (ईश्वी सम्वत्) को शुभकामना आदान प्रदान गर्नुका साथै नेपाली-नेपाली बीचको एकता अनि भाइचारालाई एक  सुत्रमा बाँध्ने जमर्को गर्दै एकताको सन्देश फैल्याउने उद्देश्यलाई समेत अघि सार्ने हामीले विश्वास लिएका छौं साथै एकताको नारा लिएर अमेरिकाको डालस टेक्सासमा सम्पन्न हुन गै रहेको गैर आवासीय नेपाली संघ,राष्ट्रीय समन्वय परिषद, अमेरिकाको पाँचौं वार्षिक साधारण सभाको ठीक एक हप्ता अगाडि गरिने यो कार्यक्रममा वार्षिक साधारण सभाको प्रचार प्रसार, तैयारी र सदस्यता वितरण तथा विधान संसोधन सम्बन्धि छलफल गरी स्थानीय तहमा अन्तिम सुझाव संकलन गर्न सकिने पनि सम्पूर्णमा सादार जानकारी गराउँदछौं ।
पूनश्च : गैर आवासीय नेपाली संघ,अमेरिकाको कृयाकलापहरु प्रति सचेत गराउनु हुने,चासो राख्नु हुने र सल्लाह एवम् सुझाव दिनु हुने सम्पूर्ण प्रति हामी आभारी रहनेछौं ।
सर्वज्ञ वाग्ले
मिडिया कोअर्डिनेटर
गैर आवासीय नेपाली संघ,राष्ट्रीय समन्वय परिषद,अमेरिका

प्रतिक्रिया