बिहीबार, असार १० २०७८
काठमाडौं ०३:१३
वासिङटन डिसी 17:28

संविधान कार्यान्वयन नै प्रमुख आवश्यकता : प्रधानमन्त्री

इनेप्लिज २०७३ पुष ११ गते १०:०० मा प्रकाशित

k|wfgdGqL k'iksdn bfxfn… k|r08Ú clvn g]kfn dlxnf ;ª3-qmflGtsf/L_sf] /fli6«o Pstf e]nfnfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/ M k|wfgdGqLsf] ;lrjfno, /f;;

काठमाडौँ, ११ पुस । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनमार्फत मुलुकलाई एकताबद्ध गर्दै संविधान कार्यान्वयनको चुनौतीको सामना गर्दै अगाडि बढ्नु आजको प्रमुख आवश्यकता भएको बताउनुभएको छ ।

एकसय चौबिसौँ माओ दिवसका अवसरमा आज एक शुभकामना सन्देश दिनुहुँदै उहाँले प्राप्त उपलब्धिको जगमा क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्न सम्पूर्ण नेता, कार्यकर्ता र आम जनसमुदायमा हार्दिक अपिल गर्नुभएको छ ।

अध्यक्ष दाहालको सन्देशमा भनिएको छ, ‘माओले दर्शनको क्षेत्रमा विकास गर्नुभएको एकता, सङ्घर्ष र रुपान्तरणको नियम, दुईको एकमा समायोजन होइन, एकको दुईमा विभाजनको नियमको विस्तार, अर्थशास्त्रको क्षेत्रमा क्रान्तिलाई पक्र, उत्पादन बढाऊ भन्ने मान्यता, वैज्ञानिक समाजवादको क्षेत्रमा दीर्घकालीन जनयुद्धको रणनीति, नयाँ जनवादी राज्य व्यवस्थाको ढाँचा र सर्वहारा अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्त आदि माक्र्सवाद–लेनिनवादको विकासमा सार्वभौम योगदान थिए ।’

चीनको हुनान प्रान्तको साओसानमा आजकै दिन अर्थात् १९९३ डिसेम्बर २६ मा माओत्से तुङको जन्म भएको थियो । माओ चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक नेता तथा नयाँ जनवादी चीनका संस्थापक हुनुहुन्थ्यो । उहाँ संसारभरिका राष्ट्रिय मुक्ति आन्दोलनका प्रेरणाका स्रोत रहनुभएको अध्यक्ष दाहालको सन्देशमा उल्लेख छ ।

अध्यक्ष दाहालको सन्देशमा भनिएको छ, ‘माओ दिवसका अवसरमा संसारका क्रान्तिकारीलाई वित्तीय पुँजीको भूमण्डलीकरण र साम्राज्यवादको नवउदारवादी आर्थिक नीतिको प्रभाव, सूचना प्रविधिमा भएको अभूतपूर्व क्रान्ति, मौसम परिवर्तन, पर्यावरण विनाशको प्रभाव, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको गम्भीर समीक्षा, मालेमाको रक्षा, प्रयोग र विकासका निमित्त गहन अध्ययन, अनुसन्धान र बहसमा जुट्न आह्वान गर्नु आफ्नो कर्तव्य ठान्दछौं ।’ रासस

प्रतिक्रिया