जर्ज माइकल को गीत र मेरो परीक्षा (धरान देखि डीसी सम्म )

इनेप्लिज २०७३ पुष ११ गते २:४४ मा प्रकाशित
Credit: Pete Cronin / Redferns Agency: Redferns

Credit: Pete Cronin / Redferns
Agency: Redferns

यो कुनै कथा लेखी रहेको नठान्नु होला l र ,जीवनमा आफैले अनुभूति गरेको कुरा पाठक वर्ग संग हिस्सा गर्न मन लाग्यो l आफुले भर्खरै जर्ज माइकलको दुखत समाचार लेख्नु पर्यो l विश्व प्रख्यात समाचारले उनको मृत्यु बारेमा लेख्न साथ ५ मिनट(क्षण)भित्र समाचार लेखी दिए l सामाजिक संजालमा हिस्सा पनि गरी दिए l किनकी म उनको प्रशंसक हु l

केवल ५३ बर्ष कै उमेरमा संसार छोडेर गए l ८० का दशकका प्रख्यात गायक हुन l गायनमा उनको जोड़ी एंड्रयू जोन थिए l तत्कालीन समयमा आफू की माइकल ज्याक्सन र व्हायम को जोड़ी आफूलाई अति मन पर्थ्यो l

धरानमा ,उन्को गीत को शब्द बुझ्नु भन्दा पनि संगीतको तालले आफू माइकलको प्रशंसक थिए l र ,१९८५ /१९८६ मा आफू महाबिद्यालय जाने क्रममा उनका प्रसिद्ध गीतहरु केयरलेस व्हिस्पर र लास्ट क्रिसमस गीत खूब सुन्ने गरिन्थ्यो l दुई तीन हरफ चै गाउन सक्थे l र ,अहिले पनि बिर्सेको छैन l दैनिक एक दुई पटक नसुनी पनि हुदैन थियो l

गीतको भाव र के भन्न खोजेको तर्फ आफू नजाने केवल मस्तिष्कलाई मनोरंजन होस भन्ने खातिर पटक पटक सुन्न मन लाग्थ्यो l त्यों बेलामा कस्सिएको सिक्का चक्का (सीडी ) आएको थिएन l भारतमा बनेको क्यासेट (श्रवण चक्का ) किनेकोले  बारम्बार सुन्ने गर्थे l संगीतको प्रभावमा बोट बिरुवा पनि प्रभावित हुन्छन् भन्ने सुनेको थिए l म त एक मानिस हु l साच्चै नै जार्ज माइकलको व्हायमको गीतले अरुलाई कस्तो असर पर्थ्यो भन्न सक्दिन तर परीक्षा दिने जाने बेलामा केयरलेस व्हिस्पर सुन्ने गर्थे l

मन आनंद हुन्थ्यो l आफुले मन पराएको गीत सुन्न पाउँदा हर्षित हुन्थे l र एक प्रकारको उत्प्रेरणा मिल्दथ्यो l र मष्तिष्कमा एक प्रकारको रक्त संचार हुन्थ्यो l र मन त्यसै चंगा हुन्थ्यो l जाँच मा प्रश्न हेरे पछि नआएको जस्तो लागेता पनि लेख्दै जाँदा आउने गर्थ्यो l र परीक्षामा उतीर्ण पनि हुन्थे l

उनको लास्ट क्रिसमस गीत अमेरिकामा क्रिसमसको केहि दिन अगाडी रेडियोमा पटक पटक आउदा मैले गुन गुनाउदा अमेरिकन साथिले यस गीत बारेमा सोधेका थिए l किनभने हामीले नेपालमा अंग्रेजी गीत पनि गाउँछन भन्दा अलिकति आश्चर्य पनि मान्ने भएकोले शायद उनीहरुले मलाई सोधेका होलान भने मलाई लागेको छ l माइकल तिमि अमर रही रहने छौ र हामी तिमिलाई सधै समझने छौ l

पुनः एक पटक जर्ज माइकल प्रति हार्दिक श्रद्धांजलि अर्पण l

bijay

प्रतिक्रिया