पहिलो भागमा मैले “विमान र विमानस्थल” को बारे कुरा गरे। ३ हप्ताको मेरो नेपाल भ्रमणमा मैले देखेका र भोगेका कुराहरु म यहाँ थप पस्कदैछु।
बाटो, गाडी, र प्रदुषण
त्रिभुवन अंतराष्ट्रीय विमानस्थलबाट बाहिर निकलने बित्तिकै एकछिन त अर्कै संसारमा पुगेको भान भएको थियो। अमेरिकाको एकदमै व्यस्थित, धुवाँ-धूलो रहित, नियम-कानूनले चलेको ठाउँबाट एकदमै अव्यस्थित, धुवाँ-धूलोले पुरिएको, अनि जताततै नियम-कानूनको उल्लंघन भएको काठमाण्डौ झर्दा स्वदेशीलाई त यस्तो अनुभव हुन्छ भने विदेशीलाई झन कस्तो होला? हामी धेरै पछि छौं। हामी सामु धेरै ठूलो चुनौती छ। विगत २ वर्षमा काठमाण्डौ उपत्यकाको “जाम” ह्वात्तै बढेको रहेछ। ८ लाख भन्दा बढ़ी मोटरसाइकल त काठमाण्डौमा मात्रै रहेछन। गाडीहरू पनी निकै बढेको रहेछ। “हुंडई” ले बजार खाएको रहेछ। सिनामंगल, शान्तिनगर लगायत काठमाण्डौका कतिपय भित्री भागमा जताततै बाटो खनिएको रहेछ। “किन यस्तो?” भनेर बुझ्दा यसपाली चाहीं ५ वटै विभाग – सड़क, खानेपानी, संचार, ढल, र बिजुली – को समन्वयमा काम हुदै रहेछ। अबा पाहिले जस्तो एउटा विभागले बाटो कालोपत्रे गर्ने अनि अर्कोले खोतल्ने काम नहुने कुरा सुनियो। हेरौँ, कतिको कार्यान्वयन हुँदो रहेछ। बाटो चौड़ा पार्ने काम चितवनको टांडी र भरतपुर र मोरंगको बिराटनगरमा पनी देखियो। सुनसरीको इटहरी, मकवांपुरको हेटौडा, र कास्कीको पोखरामा भने तेस्तो देखिएन। सबै भन्दा कम धुवाँ-धूलो पोखरा अनि हेटौडामा देखियो। काठमाण्डौमा एक दुइटा राम्रा काम भएका रहेछन। (१) रत्नपार्क व्यस्थित भएको रहेछ। फूलहरु फेरी देखिन थालेका रहेछन। (२) तीनकुने देखि माइतीघरको बाटो धेरै चौड़ा र व्यस्थित भएको रहेछ। तर “फ्लाईओवर” नहुनाले बाटो काटन ठूलो समस्या रहेछ। “ज़ेबरा क्रासिंग” बाट बाटो काटन धेरै गारो रहेछ। (३) बाटोको पेटीमा मोटसाइकल पार्क गर्न निषेध रहेछ। समय समयमा नगरपालिकाका कर्मचारी निगरानी गर्न आउदा रहेछन। ट्याक्सीको कुरा गर्दा मेरो अनुभवले “मीटर” म चढेको राम्रो देखियो। राति १० बजे तीर शान्तिनगरबाट सिनामंगल पुलको भाड़ा रू ४०० मागेकोमा मैले “मीटर” मा जाने भनेपछि ट्याक्सीचालकले झन “महंगो” पर्छ भन्दै थियो। तर, घर पुग्दा त जम्मा रू १७० मात्रा उठेको थियो। “मीटर” बाट आधाभन्दा सस्तो परयो। “मीटर” मा २०० मीटरको रू ७ र साँझ रू १० पर्दो रहेछ। बाटोको कुरा गर्दा २-४ वटा कुराहरु भन्न मन लाग्यो। (१) नेपालको बाटोमा, बिशेषत काठमाण्डौमा, जसले बाटो मिच्यो, त्यों अगाडी बढ्यो। पालो दिएर त हांकने चलन छैन रहेछ। (२) धेरै बाटोमा “लेन मारकर” अझै पनी छैन रहेछ। भाकोमा पनी नियम पालना हुँदो रहनेछ। (३) “ज़ेबरा क्रासिंग” मा गाडी रोकने त कुरै छाड़ौं, बिस्तारी हांकने पनी छैन रहेछ। (४) कतई पनी “ट्राफिक बत्ती” देखिएन। जतापनी “ट्राफिक प्रहरी” कै भर रहेछ। प्रबिधिको प्रयोगमा पछि देखियो। बाटो जस्तो सार्बजनिक स्थलमा अर्काको अधिकारको सम्मान तथा ट्राफिक नियमको पालना अझै पनी हामीले सिक्नु पर्ने देखियो। हामीमा अझैपनि नागरिक चेतनाको ठूलो कमी देखियो।
अस्पताल
३ हप्ताको बसाइमा देशको ३ वटा प्रमुख अस्पताल – के. ऍम.सी., तिलगंगा, र न्यूरो – पनी धाइयो। काठमाण्डौ झरने बित्तिकै भोलिपल्ट म बिरामी परे। धुवाँ-धूलो, चिसो, अनि हावा-पानी जुधेर थाला परियो र सिनामंगलको के. ऍम.सी. अस्पताल जानू परयो। के. ऍम.सी.को सेवा राम्रो रहेछ। नि:शुल्क जांच हुँदो रहेछ। तिलगंगा र न्यूरोमा पनी नि:शुल्क जांच हुँदो रहेछ। अमेरिकामा जस्तो डाक्टरलाई हेरेकै “फी” तिर्नु पर्दो रहनेछ। के. ऍम.सी. मा डॉक्टरहरू जवान रहेछन। तिलगंगा र न्यूरोमा पनी तेस्तै थियो। सबै कुरा चाँडो भयो तर जाबो एउटा “एक्स-रे” गर्न चाहिँ १ घण्टा भन्दा बढ़ी कुर्नु परयो। तेत्रो ठूलो अस्पतालमा जम्मा एउटा मात्रा “एक्स-रे” मशीन रहेछ! व्यस्थापनको कमजोरी देखियो। दुइ-तीन वटा भाको भए चाँडो-चाँडो बिरामीको “एक्स-रे” हुन्थ्यो, डाक्टरलाई चाँडो-चाँडो देखाउन पाउँथे, र सबैको समय जोगिन्थ्यो। अनाहकमा कुरेर समय खेर फाल्नु पर्थेन। के. ऍम.सी. बाट ६ थरीका औषधि पाइयो तर औषधिले काम चाहिँ गर्यो, नेपाल र अमेरिकामा पनी। अमेरिका दिसम्बर ११ मा आएपछि पनी म बिरामी परे र त्यही के. ऍम.सी.को बचेको औषधि खाएर नीको भइयो। मेरो आँखा देखाउन डा. संदूक रुइतको तिलगंगा अस्पताल पनी गइयो। ३ वटा अस्पताल मध्ये सबभन्दा बढ़ी भिंड तिलगंगामा थियो। सेवा राम्रो थियो। सबै कुरो राम्रो हुँदा-हुँदै “लाइन” मा साढ़े ४ घन्टा बस्नु परयो। ११:३० मा “लाइन” मा बसेको ४ बजे मात्रा पालो आयो। फेरी “टोकन” सिस्टम रहनेछ। ढोकामाथिको “डिस्प्ले” बन्द रहेछ। त्यति नहुँदा ४.५ घन्टा उभिनु परयो। अली बृद्ध र बाल-बालिकालाई साँचिकै गारो भएको थियो। नेपालमा “सिस्टम” भाको ठाउँमा पनी “मेन्टेन” नभएको देख्दा खिन्न लाग्यो। हामी र विकशित देशमा यही फरक छ। उनीहरुकोमा “सिस्टम” चौबिसै घन्टा सुचारू हुन्छ, पूरा “मेन्टेन” हुन्छ; हामी कहाँ कहिले हुन्छ त कहिले हुँदैन, कुनै भर छैन। यसरी नै चलेको देखियो अधिकाँश देश। अर्का मसहूर डा. उपेंद्र देवकोटाको बाँसबारी स्थित “न्यूरो” अस्पताल पनी गइयो। त्यहाँ ३ घन्टा जति कुर्नु परयो। कुर्दा र पालो आउँदा नाम बोलाउने जस्ता काममा ३ वटा अस्पताल मध्ये “न्यूरो” उत्कृष्ट देखियो। भिंड पनी तिलगंगा भन्दा कमै तर के. ऍम.सी. जतिकै थियो। यी तीनवटै अस्पतालको सेवा चित्तबुझ्दो भएपनि १.५ देखि ४.५ घन्टा सम्म पालोमा समय खेर फाल्नु परयो। पालोको उचित व्यस्थापन हुन सके बिरामी र कुरुवाको समय साथै अस्पतालका डाक्टरको पनी समय बचन सक्थ्यो।
घरजग्गा
नेपालमा अहिले घरजग्गाको कारोबारमा कमी आएको देखियो तर जग्गाको भाउमा भने कमी आएको देखिएन। जग्गाको कुरा गर्नु भन्दा अघि म जग्गाको नापी इकाईको बारे कुरा राख्छु। काठमाण्डौ उपत्यकामा (र पहाडमा) “आना” र “रोपनी” को हिसाबले जग्गाको कारोबार हुन्छ। चितवनमा “हात” को हिसाबले हुँदो रहेछ। इटहरी र पूर्वमा (र तराईमा) “धुर” र “कट्ठा” को हिसाबले हुन्छ। १ हात = १.५ फिट, १ धुर = १८२ स्क्वायर. फिट, १ आना = ३४२ स्क्वायर फिट, १ आना = १.८८ धुर, १ कट्ठा = २० धुर = १०.६४ आना, १ रोपनी = १६ आना = ३० धुर = १.५ कट्ठा, १ बीघा = १३ रोपनी = २० कट्ठा। स्मरण रहोस, एउटा ४ कोठे घर बन्न कमसेकम ४ आना जति लाग्छ। त्यों भनेको १३६८ स्कवायर फिट हो। अमेरिकामा त्यतिको छेत्रफलको “२ बैडरूम” अपार्टमेंट मिल्छ।
इटहरी: इटहरीमा अहिले घरजग्गाको भाउ २ बर्ष अघिसम्मको जस्तो बढेको छैन। अहिले कारोबार कम छ तर भाउ घटेको चाहिँ छैन। इटहरी एक छिन बिसाएको गाडी जस्तो भएको रहेछ। इटहरी अझै राम्रो सँग बढेकै छैन। तराईको तेत्रो बढ़ने ठाउँ भएपनि इटहरी उत्तरमा ३ की.मी., दक्षिणमा २ की.मी., पूर्बमा २ की.मी. र पश्चिममा ३.५ की.मी. मात्र सिमित छ अहिले। म चारैतिर कमसेकम अहिलेको दोब्बर बढ़ने संभावना देख्छु अंबाको ५-१० बर्षमा। इटहरीमा पश्चिम र उत्तरतिर जग्गा महंगो रहेछ। दक्षिणतिर मूल बजारदेखि २ की.मी. पर धुरको २.५ लाखमा राम्रो जग्गा पाईदो रहेछ। २५ लाख सम्ममा १० धुर जतिको जग्गा मज्जाले पाइनछ अहिले। जग्गा किंदा १० धुर जत्तिको कितने चलन रहेछ। बातोंको लागि अलिकति जग्गा छोडेर घर बनाउन पनी पुग्ने आनी पछि बेच्दा र नामसारी गर्दा पनी सजिलै हुने रहेछ। अहिले नेपालमा ४ आना वा ७ धुर भन्दा कमको जग्गा नामसारी हुन र बिकन गारो रहेछ।
भरतपुर: चितवनभरी “हात” ले जग्गा बिक्री हुँदो रहेछ। नेपालभरिको ७ शहर -काठमाण्डौ, पोखरा, हेटौडा, भरतपुर, इटहरी, बिराटनगर, र टांडी – मध्ये सबभन्दा बढ़ी जग्गाको भाउ बढेको भरतपुरमा रहेछ। ५ लाखभन्दा बढ़ी जनसंख्या भैसकेछ भारतपुरको। अबा “महानगरपालिका” बन्ने तरखरमा रहेछ। इटहरीमा मूल बजारदेखि २ की.मी. मा धुरको २.५ लाखमा पाइने जग्गा पाउन भारतपुरमा बाजारबाट ६ की.मी भित्र पुग्नुपर्ने रहेछ। ६ महिनामै जग्गाको भाउ दोब्बर भएको रैछ। “प्लॉटिंग व्य्स्याय” पूरा फस्टाको रैछ। यस्तरी जग्गाको भाउ बढनुमा “प्लॉटिंग” वालाहरूको ठूलो हात रैछ।
काठमाण्डौ: काठमाण्डौमा “चक्र पथ” देखि ६-८ की.मी पर दक्षिण-पूर्ब साइड तीर आनाको ५-६ लाख सम्ममा जग्गा पाईदो रहेछ। पछि ललितपुरको “चक्रपथ” ले भेट्ने जग्गा अहिले तेतिमा पाइने रहेछ।
प्रतिक्रिया